अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिनेमाले शनिवार बेलुकासम्म मुलुकभर १ करोड ३० लाख ब्यापार गरेको पपकर्नका प्रमुख माधव वाग्लेले दावी गरे ।
उनको भनाइ अनुसार शनिवार मल्टिप्लेक्स हलका दर्शकले पालो कुरेर फिल्म हेरेका थिए ।
रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् । कबड्डी कबड्डी मा पि्रयंका कार्कीको विशेष भूमिका रहेको छ । देश भरी थोरै हल पाएको कबड्डी कबड्डीले दुई दिनको यो व्यापार निकै उत्साहजनक मानिएको छ् ।

No comments:
Post a Comment