अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा 'को आफ्नो' नामक फिल्ममा यस्तो गेटअपमा प्रस्तुत भएकी छिन् कि दर्शकले चिन्न हम्मे-हम्मे नै पर्छ ।
अनिल थापाको लेखन, निर्माण तथा निर्देशन रहेको 'को आफ्नो'मा ऋचाको अनुहार र चरित्रले जो कोहि व्यक्तिको ध्यान पक्कै खिच्छ । एक ब्राम्हण युवतीको भूमिका निर्वाह गरेकी उनै ऋचाले अभिनय गरेको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

No comments:
Post a Comment