प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाउँ हिड पोखरा' टाइटल गित रिलिज गरिएको छ ।‘जाउँ हिड पोखरा..’बोलको सार्वजनिक गीतमा थुप्टेन भुटिया र कोमल राज भण्डारीको स्वर रहेको छ भने संगित अमित श्रेष्ठ रहेको छ । सार्वजनिक गीतमा चलचित्रको मुख्य कलाकार रेखा थापा र जिवन लुईटेललाई फिचरिंग गरिएको छ भने साथै निर्देशक सोभित बस्नेत लगायत अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।
मंसिर ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाउँ हिड पोखरा'लाई निर्देशक सोभित बस्नेतले प्रचार प्रचारमा जोड दिदै चलचित्रको टाइटल गित रिलिज गरेका हुन् । रेखा र जीवनको अभिनय रहेको यस चलचित्रलाई एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । चलचित्रमा रेखा र जीवनको अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ ।
सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् ।राजेन्द्र खड्गीको द्धन्द्ध ,ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन समेटिएको चलचित्रमा संगित अमित श्रेष्ठ रहेको छ । त्यस्तै चलचित्रमा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
No comments:
Post a Comment