शायद त्यहि भएर हुनुपर्छ निर्देशक शोभित बस्नेतको अनुरोधलाई मान्दै केही फेमश कलाकारहरुले जाउँ हिड पोखराको थम अप प्रोमोशन साथ दिएको ।
बेष्ट अफ लक नारामा शिव श्रेष्ठ देखि लिएर निखिल उप्रेती तथा अहिलेका हट केक अनमोल केसी सम्मले जाउँ हिड पोखराको थम अप प्रोमोशनमा सघाऊ पुर्याएका छन् ।
उक्त अभियानमा शोभितका मामा पर्ने हिरो रमित ढुंगाना, हिरो गौरव पहारी, डान्स डाईरेक्टर शंकर बिसी तथा गायक तथा नायक प्रशान्त तामाङ र शोभितका पकेटका हिरो धिरेन शाक्य सम्मले फोटो खिचाउँदै जाउँ हिड पोखराको प्रोमोशनमा साथ दिएका हुन ।
फिल्ममा रेखा थापा र जीवन लुइँटेल मेन रोलमा छन् त्यस कारण यो फिल्मले सिंगल स्क्रिनबाट ब्यापारिक नतिजा राम्रै निकाल्ने अनुमान काटिएको छ ।
तर मंसिर ११ गतेकै दिन बल्कबष्टर बिजनेश गर्न सक्ने फोरकाष्ट पाएको कबड्डी कबड्डी भन्ने फिल्म पनि रिलिज हुँदैछ त्यस कारण फिल्म बृत्तमा कबड्डी कबड्डीको मोफसल ब्यापारलाई पूर्ण रुपमा कमजोर बनाउँन राजनैतिक चलखेल सुरु भएको एक्सक्लुसिभ खबर हामीले प्राप्त गरेका छौँ ।
प्राप्त खबर अनुसार कबड्डी कबड्डीको टिमलाई मोफसलमा कमजोर बनाउँन केही फिल्म हल सञ्चालक र वितरकहरुले शोभितको फिल्मलाई धेरै स्क्रिन दिने तयारी गरेका छन् ।


No comments:
Post a Comment