मंसिर ११ गते शुक्रबार आउँदै गर्दा पर्दामा राम्रो भिडन्त हुँदैछ, दुई चलचित्र ‘कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’बीच । सुरुवातमा ‘कबड्डी कबड्डी’ मात्र आउने कुरो भएपछि अचानक सोही मितिमा छायाँकनको लामो समयपछि पर्दामा आउँदै गरेको सोभित बस्नेत निर्दे्शित ‘जाउँ हिँड पोखरा’ आउने फाईनल भएको थियो । जसले हल व्यवस्थापनमा ‘कबड्डी’ सिक्वेललाई राम्रो टकराव दिने निश्चित भएपछि निर्माण युनिट तनाबमा छ ।
वितरण कम्पनि पपकर्नले कबड्डी सिक्वेललाई वितरणको जिम्मा लिएको छ भने अर्को चलचित्र ‘जाउँ हिँड पोखरा’लाई मोफसलका हलहरुमा पकड जमाएको एफडी कम्पनिले वितरण गर्दैछ । जहाँ ‘जाउँ हिँड पोखरा’ले ८० बढी हल पाउने खबर आईरहँदा ‘कबड्डी कबड्डी’ले २० बराबर पनि हल नपाउने निश्चित देखिएको छ । जसले गर्दा यो चलचित्रको टिम मल्टिप्लेक्समा मात्रै सिमित हुने त हैन भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।
हिट चलचित्र ‘कबड्डी’को सिक्वेलको कारण र सार्वजनिक ट्रेलरका कारण चलचित्रलाई पर्खिने धेरै दर्शक पाईएपनि हल नै कम पाउने निश्चित भएपछि फरक धार दाबी गर्ने टिमले बनाएको चलचित्र समस्यामा पर्ने देखिएको हो । पुराना निर्माता तथा चलचित्रकर्मीको अस्तित्वलाई नै अस्विकार गर्ने ‘कबड्डी कबड्डी’ टिमले हल नपाउनुलाई पनि यसैको परिणामको रुपमा लिन थालिएको छ । मल्टिप्लेक्समा भने ‘कबड्डी कबड्डि’को राम्रो छाप पर्ने देखिन्छ तर ‘जाउँ हिँड पोखरा’ले भने मल्टिप्लेक्सहरुमा अबसर पाउने संभावना छैन् ।
‘जाउँ हिँड पोखरा’ मा रेखा थापा र जीवन लुईंटेल लिड रोलमा छन् भने ‘कबड्डी कबड्डी’मा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ लगायतको अभिनय छ । यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । तर हल धेरै पाउँदैमा दर्शक ओहिरिन्छन भन्ने चाहीं छैन्, त्यसैले धैरै र थोरै हल पाउने चलचित्रमा कुन चलचित्रले बाजी मार्छ त्यो भने रिलिजको केहि दिनमा नै थाहा हुनेछ । (स्रोत फिल्मी खबर)

No comments:
Post a Comment