गोदवरी एफ.एम 87.9 मेगाहर्ज बाट हरेक साताको शुक्रवार दिउसो तीन बजे बाट चार बजे सम्म प्रसारित हुने एक पूर्ण फिल्मी कार्यक्रम
Popular Posts
-
-गोपाल सुवेदी पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रती...
-
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिन...
-
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा '...
Saturday, November 14, 2015
१३ बर्षपछि जलले लगाइन दिलिपलाई भाइटिका
२०७२ कार्त्तिक २८, शनिवार
अमेरिकामा दिलिप र बिक्रान्तको भाईटिका सिनेमाको पर्दामा एक अर्काको जोडीका रुपमा थुप्रै चलचित्रमा देखिएका नायक दिलिप रायमाझी र नायिका जल शाह वास्तविक जीवनमा दाजु बहिनी हुन भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर दिलिपले जललाई १३ बर्ष अगाडि बहिनी मान्दै भाई टिका लगाएका हुन ।
कार्य्रक्रमको शिलशिलामा १३ बर्ष अगाडि तिहारमा कतार पुग्दा उनिहरुले एक अर्कालाई दाजु बहिनीको रुपमा टिका लगाएका हुन । बिगत १० बर्षदेखी जल अमेरिकामा रहेका कारण उनिहरुले फेरी तिहारमा टिका लगाउन पाएका थिएनन तर बिगत केही समयदेखी दिलिपपनि अमेरिकामै रहेका कारण यो पटकको तिहारमा भने उनिहरुको निधार खाली हुन पाएन ।
अमेरिकाको युटाहामा बस्दै आएकी जल र बाल्टिमोरमा बस्ने दिलिपको भाईटिका भने न्युयोर्कमा रहेकी गायिका निशा सुनारकोमा भएको थियो । सोही अवसरमा जलले नायक बिक्रान्त बस्नेतलाई पनि भाईटिका गरेकी थिइन भने , गायिका निशा सुनारले गायक सुमन बुडामगरलाई टिका लगाएकि थीइन ।दिलिपलाई भाइटिका सिनेमाको पर्दामा एक अर्काको जोडीका रुपमा थुप्रै चलचित्रमा देखिएका नायक दिलिप रायमाझी र नायिका जल शाह वास्तविक जीवनमा दाजु बहिनी हुन भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
तर सत्य यही नै हो दिलिप र जल शाह बीच दाजु बहिनीको सम्बन्ध छ । तर उनीहरुको यो सम्बन्ध रगतको भने होइन, भावनाको हो । दिलिपले जललाई १३ बर्ष अगाडि बहिनी मान्दै भाइ टिका लगाएका थिए । कार्य्रक्रमको सिलसिलामा १३ बर्ष अगाडि तिहारमा कतार पुग्दा उनीहरुले एक अर्कालाई दाजु बहिनीको रुपमा टिका लगाएका हुन । बिगत १० बर्षदेखी जल अमेरिकामा रहेका कारण उनीहरुले फेरी तिहारमा टिका लगाउन पाएका थिएनन् ।
तर बिगत केही समयदेखि दिलिपपनि अमेरिकामै रहेका कारण यो पटकको तिहारमा भने उनीहरुको निधार खाली हुन पाएन । अमेरिकाको युटाहामा बस्दै आएकी जल र बाल्टिमोरमा बस्ने दिलिपको भाइटिका भने न्युयोर्कमा रहेकी गायिका निशा सुनारकोमा भएको थियो । सोही अवसरमा जलले नायक बिक्रान्त बस्नेतलाई पनि भाइटिका लगाईदिएकी थिइन् भने गायिका निशा सुनारले गायक सुमन बुडामगरलाई टिका लगाएकी थिइन ।
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment