फिल्म मृगतृष्णामा अभिनय गरेर भोजपुरी फिल्ममा रकम कमाउन पसेका थिए अभिनेता विराज भट्ट । नेपाली फिल्ममा द्धन्द्धमा राम्रै जमिरहेको समयमा विराज भोजपुरीमा हानिएपछि नेपाली फिल्ममा स्टारको अभाव देखिएको थियो ।
निर्माता रोज राणासँग विराजको दोस्ती धेरै जम्न सकेन । केही फिल्मको छायांकनमा विराजले समय नदिएपछि रोजसँग झगडा परेका समाचार पनि सार्वजनिक भएका थिए । अब, विराज रोजकै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा कमब्याक हुँदैछन् । रोजले विराजलाई लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम तय नभएपनि निर्देशक भने प्रदिप श्रेष्ठ रहनेछन् ।
एनवी महर्जनको द्धन्द्ध, महेश खड्काको संगीत र मौनता श्रेष्ठको कथा रहने पक्का भएको छ । यी सबै रोजका पुरानै टिमका सदस्य हुन् । रोजले बनाउने धेरैजसो फिल्ममा मौनता छुट्दैनन् । माघको १५ गतेबाट फिल्म छायांकनमा जाने भन्दै रोजले विराजलाई लिएर द्धन्द्धप्रधान फिल्म बनाउने बताए । विराज भट्ट ५ बर्षपछि नेपाली फिल्ममा फर्कन लागेका हुन् । निखिल कमब्याक भएपछि विराजले केही निर्मातालाई भेटेर फिल्म बनाइदिन आग्रह गरेका थिए ।
No comments:
Post a Comment