Popular Posts

Sunday, November 8, 2015

अभिनेत्री,निर्मात्री बिचको हिमचिम बढ्दै

फिल्मको कुरा गर्ने हो भने प्रियंका अभिनेत्री, दीपा निर्मात्री । दुबैलाई एक अर्काको संगत गर्दा खुबै फाइदा छ । प्रियंकालाई दीपाको निर्माणमा बनेको फिल्ममा काम गर्दा चर्चा र हिट हुन पाइन्छ भन्ने थाहा छ । दीपालाई अहिले अरु भन्दा केही अगाडि देखिएकी अभिनेत्रीलाई फिल्ममा लिदा फाइदा हुन्छ भन्ने थाहा छ । यसैले पनि दीपा र प्रियंकामा अनौठो किसिमको प्रेम बढेको छ । फिल्म ’वडा नम्बर ६‘ कि निर्मात्री र अभिनेत्रीको प्रेम फिल्मको पहिलो पत्रकार सम्मेलनमा नै देखिएको थियो । दुबैले एक अर्कालाई अंकमाल गर्दै चर्चा बटुल्ने काम गरे । दुईले एक अर्कालाई मायालु भन्दै सम्बोधन गरे ।फेसबुकका भित्तामा दीपा र प्रियंकाको प्रेम यत्तीकै सेलाएको छैन । प्रियंका र दीपाले माया भन्दै फेरि नयाँ तस्बिर सार्वजनिक गरेका छन् ।
दीपाले निर्माता दिपकराज गिरीसँग मिलेर बनाएको फिल्म ‘६ एकान ६’ मा अभिनेत्री नीता ढुंगाना थिइन् । तर, जती बाहिर राम्रो छ भनेपनि भित्री रुपमा नीता र फिल्म निर्माता टिमको मन मिलेन । यसपछि यो गु्रपमा प्रियंकाले प्रवेश पाइन् । यी अभिनेत्रीको भने यो टिमसँग राम्रो सम्बन्ध देखिएको छ ।   

No comments:

Post a Comment