गोदवरी एफ.एम 87.9 मेगाहर्ज बाट हरेक साताको शुक्रवार दिउसो तीन बजे बाट चार बजे सम्म प्रसारित हुने एक पूर्ण फिल्मी कार्यक्रम
Popular Posts
-
-गोपाल सुवेदी पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रती...
-
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिन...
-
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा '...
Saturday, November 21, 2015
टिपिकल नेपाली सव्दले सुसज्जित भाजो हाल्यो पिरती
पछिल्लो समय धेरै चलचित्रले रोमान्टिक भन्दै लभ स्टोरीे तथा कमेडी जनराका गीतहरुलाई समेट्छन् । जहाँ टिपिकल नेपाली परिवेश बोल्ने कमै गीतले स्थान पाएका हुन्छन् । तर यही बीचमा टिपिकल नेपाली परिवेशको झल्को दिने गीत रिलिज भएको छ । पौष १० गते काठमाण्डौ बाहिर र १७ गते काठमाण्डौमा प्रदर्शनमा आउने चलचित्र ‘धौली’को सार्वजनिक गीतमा नेपाली परिवेश र संस्कृतिको गन्ध भेट्न सकिन्छ ।
आउँदो पुष १० गते नै सार्वजनिक हुने गीत फिल्मको कथासँग बाँधिएर आएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा स्वर ताराश्री मगरको छ । चलचित्रको कथा सन्तोष कुमारको हो । घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, गजित बिष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की लगायतको अभिनय छ । ‘धौली’मा किरणकुमार अत्रेया, सन्तोषकुमार अत्रेया, सम्भु थापा र नरबहादुर गोदारको संयुक्त लगानी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment