अभिनेता निखिल उप्रेतीको बक्स अफिस टकराव अब कमै मात्र कलाकारसँग देखिने छ । कारण, निखिलका फिल्मले करोड क्बलबमा सहजै प्रवेश पाइरहेका छन् । ‘भैरव’ फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्दा निखिलको ‘लुटेरा’ले पनि यस्तै हारहारीको व्यापार एक सातामा गरिसकेको छ ।
फिल्मले करिब १ करोड ६५ लाख ग्रस कलेक्शनको आँकडा पार गरिसकेको वितरक तथा निर्माता गोपाल कायस्थको छ । बलिउडको ठूलो फिल्मसँग जुध्दा पनि निखिलको साथमा निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठले अभिनय गरेको द्धन्द्ध प्रधान यो फिल्मले गतिलो व्यापार गरेको छ । कात्तिक २५ गतेबाट फिल्म चलेको हो । फिल्म चलेको एक सातामा यो व्यापारलाई राम्रो मान्नुपर्छ । अर्को साता कुनै नयाँ नेपाली र हिन्दी फिल्म नभएकाले पनि बक्स अफिसमा ‘लुटेरा’ले राम्रै कमाई गर्ने लक्षण देखाएको छ । तर लगानी रिकभरका लागि भने फिल्मले तीन करोड हाराहारीको व्यापार गर्नुपर्ने हुन्छ ।
५ बर्षपछि नेपाली रजतपटमा आफ्नो कमब्याक गरेका निखिलका दुई फिल्मले हलमा दर्शक जम्मा गरेपनि रिलिज भएका दुवै फिल्मबाट निखिलले प्रशंसा कमाउन सकेका छैनन् । दुवै फिल्म विषयवस्तु वा प्रस्तुतिका कारण भन्दा पनि निखिलको क्रेजका कारण मात्र चलेका देखिन्छन् । तर निखिल वा उनलाई खेलाउने निर्माताले यही आत्मरतिमा मात्र रमाएर बसे तेस्रो चौथा फिल्मले हावा खाने सम्भावना हुन्छ । विगतमा राजेश हमाल वा निखिलकै हकमा पनि यही सत्य लागू भएको थियो ।
गोदवरी एफ.एम 87.9 मेगाहर्ज बाट हरेक साताको शुक्रवार दिउसो तीन बजे बाट चार बजे सम्म प्रसारित हुने एक पूर्ण फिल्मी कार्यक्रम
Popular Posts
-
-गोपाल सुवेदी पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रती...
-
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिन...
-
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा '...
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment