Popular Posts

Sunday, November 8, 2015

जल शाहले दिईन सुरेशलाई सरप्राईज बर्थडे पार्टी

नेपाली चलचित्र विकास बोर्डका सदस्य तथा फिल्मकर्मी सुरेश दर्पण पोख्रेललाई अभिनेत्री जल शाहले सरप्राईज बर्थडे पार्टी दिएकी छिन् । जलले अमेरिकाको साल्ट लेक सिटीमा अवस्थित आफ्नै निवासमा सुरेशलाई जन्मदिनको पार्टी दिएकी हुन् ।

केही महिना अगाडी अमेरिका पुगेका सुरेशको जन्मदिनको पार्टीमा अभिनेता दिलिप रायमाझी, गायिका निशा सुनुवारलगायत उपस्थित थिए । जलले आयोजना गरेको एक साँगीतिक कार्यक्रममा सहभागी हुन साल्ट लेक सिटी पुगेका सुरेशले सरप्राईज बर्थडे पार्टी अविश्मरणीय बनेको बताए ।

No comments:

Post a Comment