भुकम्पपछि प्रदर्शनमा आएका नेपाली फिल्मको व्यापारलाई हेर्ने हो भने निर्माताले लामो राहतको सास फेर्ने अवस्था आएको छ । गतबर्षको अनुपातलाई हेर्ने हो भने यो बर्ष हिट नेपाली फिल्मको संख्या बढ्ने निश्चित छ ।भदौ ४ गतेबाट ठूला फिल्म रिलिज भएको र कात्तिकको अन्त्यसम्म आइपुग्दा निर्माताले राहतको अनुभुती गर्न सक्ने अवस्था छ । भदौ महिनामा ‘होस्टेल रिटन्र्स’, ‘भैरव’, ‘लव सब’ले लगानी उठाएका थिए ।तीन फिल्मको व्यापारले नेपाली फिल्मको कमाई दर उकासिएको थियो । असोजमा ‘वडा नम्बर ६’ ले मात्र व्यापारिक रुपमा बाजी मार्यो । तर, फिल्म हिट हुने महिनाको रुपमा असोज पनि दर्ता भयो ।कात्तिक ३ गते प्रदर्शनमा आएका फिल्ममध्ये ‘परदेशी’को आक्रामक व्यापार अझै पनि जारी छ । ‘परदेशी’ले व्यापारिक रुपमा सफलता कमाई रहदा कात्तिक २५ गतेबाट चलेको फिल्म ‘लुटेरा’ले पनि दर्शकलाई हलसम्म सोहोरेको छ । नेपाली फिल्म हेर्न दर्शकको संख्या हलमा कमै मात्र देखिएको थियो ।
एकातिर राष्ट्रियताको मुद्दा त अर्कोतिर स्टारडम र प्रचारको फाइदाले नेपाली फिल्मलाई फाइदा भैरहेको छ । मंसिरदेखि चैत्रसम्मको ५ महिनामा सर्वाधिक धेरै आशा गरिएका फिल्म प्रदर्शनको लाइनमा छन् । ती फिल्मलाई हेर्ने हो भने पनि यो बर्ष चलेका फिल्मको संख्यामा वुद्धी हुनेछ ।यस्तो, अवस्थामा नेपाली फिल्मको बजारलाई विगार्न खोज्नेहरुबाट सावाधान रहनुपर्ने जरुरी छ ।
सलमान खानको फिल्मले एक दिनमै १ करोड २५ लाखको व्यापार गर्दा पनि नेपाली फिल्म ‘लुटेरा’को व्यापार डेढ करोड पुग्नुलाई कमजोर आँकलन गर्न मिल्दैन ।फिल्मबाट भड्किएका दर्शक फेरि हलमा आउन थालेको यो अवस्थामा कमजोर बिषयवस्तु र सस्तो प्रचार रोज्नेहरुबाट भने सावधान रहन जरुरी छ ।
No comments:
Post a Comment