फिल्म 'नोभेम्बर रेन'बाट राम्रै तारिफ पाएकी कलाकार हुन्, छुल्ठिम गुरुङ । डल्ली पात्रको रुपमा उनलाई यो फिल्मले चिनाएको थियो । तर, यसपछि उनले फिल्म नखेल्ने बताउँदै आएकी छिन् । छुल्ठिम फिल्म नखेलेपनि उनको दिमागबाट फिल्म क्षेत्रको ह्याङ उत्रने छनक छैन । फिल्म नखेलेपनि अवार्डमा नृत्य गर्नेदेखि लिएर फिल्मका कार्यक्रममा पुग्नुको उनको दैनिकी हो । फिल्म खेल्दा कलाकारको चर्चा जती हुन्छ, त्यती चर्चा यस्ता खालका उपस्थितीले हुँदैन । तर, पनि छुल्ठिम आफू पनि यो क्षेत्रमा छु है भन्ने जनाउन यी काम गरिरहेकी छिन् ।
अभिनेत्री रेखा थापाकी पुरानी साथी हुन्, छुल्ठिम । यसैले पनि उनी रेखाको फिल्म 'जाउँ हिड पोखरा' हेर्न हलमा पुगेकी थिइन्, रेखासँगै । रेखाको साथमा पुगेकी छुल्ठिमले उनीप्रतीको प्रेम पनि देखाइन् । मिडियामा रेखासँगै तस्बिर खिचाइन् र दंग परिन् ।
तर, फिल्म क्षेत्रमा टिक्न र चर्चामा रहनका लागि यती मात्र काम गरेर पुग्दैन भन्ने उनलाई थाहा हुनुपर्छ । फिल्मबाट राम्रै तारिफ पाएकी छुल्ठिमले अब आफू अभिनित फिल्मको प्रिमियरमा नजिकका साथीलाई पनि बोलाउने हो कि ? होइन भने सधै यसरी चर्चा पाइन्छ भन्ने छ र ? धीरज संग डिभोर्स गरे पछी अहिले उनी आफ्नो जिवनमा स्वतन्त्र छिन्

No comments:
Post a Comment