फिल्मी पर्दाको सफल जोडी मानिने आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनिय फिल्म ‘क्लासिक’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । भ्यालेन्टाईन रिलिज भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा आर्यन र नम्रता फिचर भएका छन् । पोस्टरले सांगीतिक भाव बोल्छ ।
‘मेरो एउटा साथी छ’देखी ‘नोभेम्बर रेन’को हिट जोडी पुनः पर्दामा आउँदा आर्यन र नम्रताका फ्यानहरुलाई यो भ्यालेन्टाईन सुखद बन्नसक्छ । फिल्ममा आर्यन र नम्रता ब्लाइन्ड जोडीको रुपमा रहेको चर्चा छ ।
दिनेश राउत निर्दे्शित यो फिल्म सुवास ईन्टरटेन्मेन्ट र आर्यन सिग्देल ईन्टरनेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुँदैछ । यद्धपी ‘क्लासिक’को केहि छायाँकन अझै बाँकी रहेको निर्माता सुवास गिरी बताउँछन् । सांगितिक प्रेमकथा बोल्ने फिल्ममा राजेश श्रेष्ठको छायांकन छ भने संगीत ताराप्रकाश लिम्बुको छ ।



No comments:
Post a Comment