पोखरामा आयोजित एक फुटबल प्रतियोगिताको माहोलमा अडियो म्यूजिक लन्च गर्दै प्रेम गीत यूनिटले फिल्मको फष्टलुक पोष्टर पनि रिलिज गरेको छ ।
आउँदो भ्यालेन्टाईन्स् डे लक्षित गर्दै प्रर्दशन हुन लागेको उक्त फिल्म सहित थप दुई फिल्म क्लासिक र चलेछ बतास सुस्तरी पनि रिलिज हुने भएकाले प्रचार प्रसारलाई तीब्र बनाउँने गरी प्रेम गीत यूनिटले उक्त माहोलमा फष्टलुक रिलिज गरेको जनाएको छ ।
यस फिल्ममा सरोज खनाल, लक्ष्मी गिरी र रुपा राना जस्ता चिर परिचित कलाकारहरु पनि प्रमुख भूमिकामा छन् तर पोष्टरमा चाँहि हिरोइन पूजा शर्मा र हिरो प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ ।
प्रदीप फिल्म नगरीका लागि नयाँ हिरो हुन भने पुजा स्थापित हुने क्रममा रहेकी नयाँ हिरोइन नै हुन भन्दा फरक पर्दैन । निर्देशक सुर्दशन थापाको भनाई दोहर्याएर लेख्ने हो प्रदीपलाई आर्यन सिग्देल जस्तै स्टार बनाउँने गरी प्रेम गीतको निर्माण भएको छ ।
सन्दर्भ र प्रतिष्पर्धा कति सम्मको रोचक हुने देखिन्छ भने प्रेम गीत रिलिज हुनै दिनै आर्यनको पनि होम प्रोडक्सनको फिल्म क्लासिक रिलिज हुनेछ । यस्तै सो मितिमा आर्यन भर्सेस सुर्दशन थापाको टिम मात्र नभई चलेस बतास सुस्तरीको टिमले पनि आफ्नो प्रतिष्पर्धीका रुपमा सुर्दशन थापाको टिमलाई हेरेको हामीले बझेका छौ ।
तपाईंको नजर कता प्रेम गीतको टिजर
उता आर्यनका कारण क्लासिक टिमसंग सुर्दशनको टिमको सम्बन्ध विग्रिएको छ भने यता चलेछ बतास सुस्तरी र सुर्दशन थापासंग केही पर्सनल प्रब्लम छ त्यसैले माघ २९ को लडाई केबल ब्यावसायिक मात्र नभई जुंगाको लडाई पनि हुन सक्ने हाम्रो ठम्याई छ ।
प्रेम गीतको अडियो जुक बक्समा एक पटक नजर लगाउनुस् , सुन्नुस् मनै छुने गीत हरु

No comments:
Post a Comment