Popular Posts

Sunday, November 8, 2015

पैसाको बिषयलाई उठान गरेको 'फन्को' को ट्रेलर सार्वजनिक



फिल्म फन्को को ट्रेलर बाहिर आएको छ । काठमाण्डौको सिने द सेफ हलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मले पैसाको बिषयलाई उठान गरेको छ । माघ १ गतेबाट हलमा लाग्ने यो फिल्ममा ५ जना यूवायूवती पैसाको पछाडि दौडिरहेका छन् । राजमार्गमा धेरैजसो दृश्य छायांकन गरिएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता अनुप बराल मात्र उपस्थित थिए । अन्य कलाकार भने विविध कारणले उपस्थित हुन सकेनन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् ।सुवर्ण थापाको कथा, पटकथा, लेखन तथा निर्देशन रहेको फिल्ममा नरेन्द्र महर्जन, शहदेव गौतम, पदम गुरुङले पैसा लगानी गरेका छन् ।

फिल्मको ट्रेलरमा केकी, प्रियंका, सौगात र दयाको पैसा मोह देखाइएको छ । उनीहरुले फेला पारेको पैसाको पछाडि अभिनेता अनुप बराल दौडिएका छन् । फिल्मको लोकल ब्यूटी बोलको गीतलाई इन्दिरा जोशीले गाएकी मात्र छैनन् आफै नृत्य पनि गरेकी छिन् ।



No comments:

Post a Comment