Popular Posts

Thursday, November 12, 2015

जीवन र बर्षाको ‘काफल पाक्यो’, ट्रेलरमा देखियो नायकको तारिफयोग्य काम

चलचित्र क्षेत्रमा लागेर चर्चित बनेपनि नायक जीवन लुइटेलले चर्चा गर्न योग्य चलचित्रमा भने कमै मात्र काम गरेका छन् । जीवनको चर्चा उनले निर्वाहा गरेको पात्रले भन्दापनि उनको नायकत्वले भएको पाइन्छ ।
तर, माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीका साथ प्रचार अगाडि बढाइएको चलचित्र ‘काफल पाक्यो’ले जीवनलाई एउटा उचाईमा लैजान सक्छ । नक्कली कपाल र कालो दाह्रीमा सधै नै देखिने चकलेटी नायकलाई नयाँ निर्देशक सावित्री खत्रीले फरक शैलीमा देखाएकी छिन् ।
 चलचित्रको अडियो बिमोचनका साथमा ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो चलचित्रमा जीवनलाई नयाँ कलाकार बर्षा राउतले साथ दिएकी छिन् । साथमा चलचित्रमा लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राइको मुख्य भूमिका छ ।
चलचित्रमा विकास चौधरीको संगीत, प्रदिप भारद्धाजको लेखन, दीर्घ गुरुङ र दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सरिता राजचलको नृत्य निर्देशन छ । चलचित्रमा सुरेश राउत र उपेन्द्र सुवेदीको लगानी छ भने लक्ष्मी केसी यो चलचित्रकी कार्यकारी निर्माता हुन् ।
हेर्नुस् ट्रेलर 


No comments:

Post a Comment