चलचित्र क्षेत्रका चर्चित नायक भूवन केसीको बारेमा लेखिएको बायोग्राफी पुस्तक सार्वजनिक हुन सकेको छैन । यसको मुख्य कारण नामको विवादलाई लिइएको छ । घोस्ट राइटिङ प्रकाशक नेपालले पुस्तकको नाम ‘प्लेब्वाइ’ राख्न खोजेको छ ।
तर, नायक केसी भने यो नाम राख्दा आफ्नो छवि विग्रने भन्दै नाममा असहमती जनाइरहेका छन् । जसका कारण पनि भूवनको पुस्तक बजारमा आउनुपर्ने समयमा आउन सकेको छैन ।
यो पुस्तकलाई कमल ढकालले लेखेका हुन् । पुस्तकभित्र भूवन केसीको जीवनकथा समेटिएको छ । भूवन केसीको चलचित्र यात्रादेखि यूवतीसँगको विविध सम्बन्धलाई यो पुस्तकमा समावेश गरिएको छ ।
‘प्लेब्वाइ’ नाम राखेको खण्डमा पुस्तक बजारमा राम्रो बिक्ने प्रकाशको वुझाई छ । भूवनले डेढ लाखको चेक अगि्रम लिइसकेका छन् । अब पुस्तक कहिले बजारमा आउँछ भन्न सकिने अवस्था छैन ।
No comments:
Post a Comment