Popular Posts

Sunday, December 6, 2015

सांगीतीक क्षेत्रमा चर्चा कमाउदै हेमन्त, शिशिरको बेहुला–बेहुली

-गोपाल सुवेदी



पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रतीदिन बढीरहेको छ । सुदुरपश्चिमबाट पनि सांगीतीक क्षेत्रमा थुप्रै कलाकारहरु एवम् गीत संगीतको प्रवेश भएको पाईन्छ । यतीखेर नेपाली सांगीतीक बजारमा बेहुला–बेहुली बोलको गीतले चर्चा कमाईरहेको छ । कैलालीको अत्तरियाका हेमन्त आचार्य र शिशिर आचार्यले आफ्नो पहिलो प्रस्तुतीको रुपमा केहि महिना अगाडि मात्रै बेहुला–बेहुलीलाई दर्शक एवम् स्रोता माझ ल्याएका थिए । यस गीतमा हेमन्त आचार्यको शब्द र स्वर रहेको छ भने उनकै भाई शिशिर आचार्यको संगीत रहेको छ । यो  गीत पप शैलीमा रहेको छ ।
 

 भारतमा साउण्ड ईन्जीनियरीङ अध्ययन गरेर नेपाल फर्किएका संगीतकार शिशिर अहिले काठमाण्डौमा शास्त्रीय संगीत अध्ययन गरिरहेका छन् । गायक हेमन्त पनि केहि समय भारतमै संगीत कला अध्ययन गरेर नेपाल फर्किएका हुन् । छोटो समयमै गीत मार्फत् राम्रो प्रतीक्रिया पाएपछि निकै खुसी भएको र थप उर्जा मिलेको गायक हेमन्तले बताए । सुदुरपश्चिमलाई गीत, संगीतको माध्यमबाट पनि राष्ट्रिय स्तरमा चिनाउन सकिने भन्दै गायक हेमन्तले आगामि दिनमा विभिन्न प्रकारका गीत, संगीत दर्शक एवम् स्रोता माझ ल्याउने योजना रहेको बताए । नेपाली सांगीतीक क्षेत्रमा केहि फरक पन ल्याउन आफु सधै तल्लीन रहेको बताउदै गायक हेमन्तले केहि महिना पछाडि फरक शैलीको गीत दर्शक एवम् स्रोताहरु माझ ल्याउने तयारी भईरहेको बताए ।


Saturday, November 28, 2015

दुई दिनमै 'कबड्डी कबड्डी' पुग्यो करोड क्लबमा


अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिनेमाले शनिवार बेलुकासम्म मुलुकभर १ करोड ३० लाख ब्यापार गरेको पपकर्नका प्रमुख माधव वाग्लेले दावी गरे । 

उनको भनाइ अनुसार शनिवार मल्टिप्लेक्स हलका दर्शकले पालो कुरेर फिल्म हेरेका थिए । 

रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् । कबड्डी कबड्डी मा पि्रयंका कार्कीको विशेष भूमिका रहेको छ । देश भरी थोरै हल पाएको कबड्डी कबड्डीले दुई दिनको यो व्यापार निकै उत्साहजनक मानिएको छ् । 

फेसबुकमा पोखिएको श्वेताको खुसी

गत बर्ष साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठको अकल्पनिय निधन भएसँगै पति विगोगमा परेकी अभिनेत्री श्वेता खड्काको अनुहारमा चमक आउन एक बर्षभन्दा बढी लाग्यो ।

विवाह पश्चात हनिमुनको लागी पतिसँगै भारत पुगेकी नारी देश फर्किँदा भने एक्लो प्राण सहित फर्किन परेपछि त्यो भन्दा ठूलो पीडा कुनै नारीको लागी अरु हुन सक्दैन्थ्यो । यस्तो पीडाको साँची थिईन् श्वेता ।

अब भने श्वेता विस्तारै पीडा भुलाउँदै खुसीसँग खेल्न थालेको महशुस उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका तश्विरहरुले बताउँछन् । केहि महिना पहिलेसम्म पीडा र बिरहका शब्द तथा दृश्य पोष्ट गर्ने श्वेताले अहिले भने केहि खुसीका पलहरु सार्वजनिक गर्न थालेकी छिन् ।

त्यसो त श्रीको निधनको बार्षिकीमा पनि उनले अब बिस्तारै पीडा बिर्सिँदै पहिलेकै अबस्थामा फर्कने र फिल्मी पर्दामा पनि विस्तारै आउने बोलेकी थिईन् । जसको निरन्तरता नै उनका पछिल्ला फेसबुक पोष्टहरु हुनसक्छन् ।

पछिल्लो समय दिनहुँजसो फेसबुकमा अपडेट हुने श्वेताले कहिले श्रीसँगको तश्विर पोष्ट गर्छिन् त कहिले व्याक्तिगत अनि कहिले महिला अधिकार र राष्ट्रवादका कुरा समेत पोष्ट गर्छिन् ।

श्वेताले सार्वजनिक गर्ने हरेक शब्द तथा दृश्यमा हजारौं सुभेच्छुकहरुले लाईक गर्छन् अनि प्रतिक्रिया दिँदै उनको मनलाई थप दरिलो बनाउन प्रेरित गर्छन् । धेरैले उनलाई फिल्मीपर्दामा देख्न आतुर भएको प्रतिक्रिया समेत जनाउने गरेका छन् । श्वेता सँधै हाँसिरहुन्, खुसीरहुन्, धेरै सुभचिन्तकहरुको अपेक्षा यही छ ।
स्रोत फिल्मी खबर 

`कबड्डी कबड्डी` ले गर्‍यो देशैभर हाउसफुल व्यापार


शुक्रबारबाट रिलिज भएको फिल्म `कबड्डी कबड्डी`ले दर्शकको राम्रो साथ पाएको छ । फिल्म रिलिजको पहिलो दिन देशैभर हाउसफुल भयो भने केहि हलमा दर्शकको ओफर फ्लो हुँदा प्रतिस्पर्धी नेपाली फिल्म र हिन्दी फिल्म ’तमाशा’लाई फाईदा पुग्यो ।

शुक्रबार प्राथमिकता सहित मल्टिप्लेक्समा १४ शो पायो । यो भन्दा बढि २ बर्ष पहिले रिलिज फिल्म 'छड्के’ले यो प्राथमिकता पाएको थियो । कमलपोखरीमा रहेको कुमारी हल, सिभिल मल सुन्धारा र जयनेपाल हलमा शुक्रबार १४ शो नै हाउसफुलका साथ ’कबड्डी कबड्डी’ले दर्शकको राम्रो समर्थन पाएको हो ।

पहिलो संस्करण 'कबड्डी'को जस्तो उत्कृष्ट समिक्षा भेट्न नसकेपनि फिल्म हेर्ने प्रत्येक दर्शक टिकटको लागी खर्चेको रकम सदुपयोग भएको भन्दै सन्तुष्ट देखिन्थे । दिउँसो २ बजे फिल्मीखबरकर्मी कमलपोखरीमा रहेको सिटीसेन्टर स्थित बिगसिनेमा पुग्दा यो फिल्मको लागी टिकट काट्न दर्शक लामबद्ध भएर लाईनमा बसेको भेटियो भने सडकको ट्राफिक जाम हटाउन ट्राफिक प्रहरी तैनाथ रहेको पाईयो ।

त्यस्तै कुमारी हलमा पनि धेरैपछि नेपाली फिल्म हेर्न दर्शक उर्लेको भन्दै बिशेषतः युवापुस्ताका दर्शक फिल्म हेर्नको लागी आएको हल म्यानेजर बिनोद पौडेलले जानकारी दिए ।

रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बिजय बराल, रिश्मा गुरुङ लगायत लिड रोलमा छन् । रिलिजको पूर्वसन्ध्यामा बिहिबार गरिएको प्रिमियरबाट पनि फिल्मले राम्रो समिक्षा बटुलेको थियो ।

यसैबीच काठमाडौं र उपत्यकाबाहिर हल कम पाएको यो फिल्मको शुक्रबारको बिजनेशसँगै हल थपिने निश्चित देखिएको छ । पहिलो दिन २० बढी पर्दामा मात्रै लागेको यो फिल्मको शनिबारबाटै दर्जनबढी हल थपिने निश्चित भएको बितरण कम्पनिले जनाएको छ ।

`लाटी` बन्दा मेटिएला र एटिएमको दाग ?

नेपाली फिल्म क्षेत्रमा 'एटिएम' नामको एउटा यस्तो फिल्म बन्यो जसले फिल्मकर्मी तथा दर्शकलाई लज्जित बनायो । निकै नै भल्गर संवाद र दृश्यसहित तयार भएको यो फिल्मको जति आलोचना भयो त्यतीनै आलोचनाका पात्र बने फिल्मका कलाकार । 


आलोचना खेप्ने मध्येकी एक कलाकार हुन् सविना कार्की । यो बीचमा फिल्मी पर्दामा खासै नदेखिएकी यी हिरोईनले धेरै समयपछि एउटा मौलिक कथा वोल्ने फिल्म भेटिन् ’लाटी’ जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ ।
  

मंसिर २५ मा रिलिज हुने भनिएको यो फिल्म रिलिज हुँदैगर्दा सविना यसको मुख्य केन्द्र हुनेछिन् । सविनाले 'एटिएम'मा बोलेका भल्गर संवादको ह्याङ् दर्शकमा अझै मेटिएको छैन । त्यसैले 'एटिएम'मा लागेको सविनाको गलत छबिको दाग मेट्नलाई ’लाटी’ पात्र चुनौतीपुर्ण देखिएको छ ।  

प्रशन्न रिमाल र शिशिर जय खरेल निर्मित यो फिल्ममा सविनासँगै सुजल नेपाल, रामचन्द्र अधिकारी, सुवास गजुरेल, रिभल मल्ल लगायल अभिनयमा छन् । फिल्मलाई राजबहादुर शानेले निर्देशन गरेका छन् । नेपाली समाजको यथार्थ कथा भनिएको यो फिल्मलाई महिलाप्रधान भनिएको छ ।

छुल्ठिमले फिल्म पनि खेल्ने कि ?

फिल्म 'नोभेम्बर रेन'बाट राम्रै तारिफ पाएकी कलाकार हुन्, छुल्ठिम गुरुङ । डल्ली पात्रको रुपमा उनलाई यो फिल्मले चिनाएको थियो । तर, यसपछि उनले फिल्म नखेल्ने बताउँदै आएकी छिन् । छुल्ठिम फिल्म नखेलेपनि उनको दिमागबाट फिल्म क्षेत्रको ह्याङ उत्रने छनक छैन । फिल्म नखेलेपनि अवार्डमा नृत्य गर्नेदेखि लिएर फिल्मका कार्यक्रममा पुग्नुको उनको दैनिकी हो । फिल्म खेल्दा कलाकारको चर्चा जती हुन्छ, त्यती चर्चा यस्ता खालका उपस्थितीले हुँदैन । तर, पनि छुल्ठिम आफू पनि यो क्षेत्रमा छु है भन्ने जनाउन यी काम गरिरहेकी छिन् ।


अभिनेत्री रेखा थापाकी पुरानी साथी हुन्, छुल्ठिम । यसैले पनि उनी रेखाको फिल्म 'जाउँ हिड पोखरा' हेर्न हलमा पुगेकी थिइन्, रेखासँगै । रेखाको साथमा पुगेकी छुल्ठिमले उनीप्रतीको प्रेम पनि देखाइन् । मिडियामा रेखासँगै तस्बिर खिचाइन् र दंग परिन् ।
तर, फिल्म क्षेत्रमा टिक्न र चर्चामा रहनका लागि यती मात्र काम गरेर पुग्दैन भन्ने उनलाई थाहा हुनुपर्छ । फिल्मबाट राम्रै तारिफ पाएकी छुल्ठिमले अब आफू अभिनित फिल्मको प्रिमियरमा नजिकका साथीलाई पनि बोलाउने हो कि ? होइन भने सधै यसरी चर्चा पाइन्छ भन्ने छ र ? धीरज संग डिभोर्स गरे पछी अहिले उनी आफ्नो जिवनमा स्वतन्त्र छिन् 


हिन्दी फिल्म बन्द गर्न विप्लभ माओवादीको हल सञ्चालकलाई पत्राचार

नेपालमा हिन्दी फिल्म तथा सिरियल बन्द गर्नुपर्ने भन्दै नेत्र विक्रम चन्द ’विप्लभ’ नेतृत्वको माओवादी पार्टीले 'राष्ट्रिय प्रतिरोध संघर्ष' सुरु गरेको छ । पार्टीले हरेक फिल्म हललाई पत्राचार गर्दै हिन्दी फिल्मको प्रदर्शन रोकेर राष्ट्रियताको पक्षमा उभिन र आफ्नो आन्दोलनलाई साथ दिन आग्रह समेत गरेको छ । 


फिल्मीखबरले प्राप्त गरेको उक्त पार्टीले सिनेमा हललाई पठाएको पत्रमा 'राष्ट्रिय प्रतिरोध संघर्ष'नामक आन्दोलनको कार्यक्रम अन्तर्गत भारतिय टेलिभिजन च्यानल र फिल्मको प्रदर्शन बन्द गर्ने कार्यक्रम रहेको उल्लेख छ । जहाँ हरेक फिल्म हललाई हिन्दी फिल्मको प्रदर्शन तत्काल बन्द गरेर आफुहरुको संघर्षको कार्यक्रम सफल बनाउन र आन्दोलन सफल बनाउन सघाउन आग्रह गरिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड हस्ताक्षरित पत्रमा जनता र नेपाली ईतिहासलाई माथ गर्नेगरी भारतिय विस्तारवादको हस्ताक्षेप र नाकाबन्दीको मारलाई अन्त्य गर्न र यसैको दबाब स्वरुप थालिएको संघर्षको पक्षमा उभिन फिल्म हल सञ्चालकहरुलाई समेत आग्रह गरिएको छ ।
 
यसैबीच फिल्म वितरकहरुको छाता संगठन चलचित्र संघका महासचिव मधुसुदन प्रधानले सबै हललाई पत्राचार नगरिएको र केहि नाम चलेका हलहरुलाई मात्रै ईङ्गित गरेर हिन्दी फिल्म रोक्न माग गरिएको भन्दै कुनै राजनीतिक संगठनले भन्दैमा हिन्दी फिल्मको प्रदर्शन तत्काल नरोकिने बताएका छन् । 

यदी हिन्दीबाट डबिङ गरी नेपाली टेलिभिजनहरुमा प्रशारण भईरहेका हरेक विज्ञापन रोकिन्छन् र हरेक भारतिय च्यानलहरुको प्रशारण रोकिन्छ भने त्यो समयमा मात्रै हिन्दी फिल्मको प्रदर्शन रोकिन सक्ने प्रधानले फिल्मीखबरलाई बताए । 

४ वटा फिल्म खेलेकी पूजाले आँफै लाई भनिन डेब्यु हिरोइन


प्राय पहिलो फिल्म खेल्ने अभिनेता तथा अभिनेत्रीको अगाडी डेब्यू झुन्ड्याइन्छ । यसपछि भने उनीहरूको डेब्यूको ट्याग बादलिन्छ । नयाँँ अभिनेता नयाँँ अभिनेत्री बिस्तारै पूराना हुँदै जान्छन् । कोही टिक्छन् भने कोही हराउँदै जान्छन् ।

तर, ४ वटा फिल्म खेलिसकेकी अभिनेत्री पूजा शर्मालाई भने आफू डेब्यू जस्तो लाग्न थालेको छ । कारण, उनले अभिनय गरेको फिल्म 'प्रेमगीत'मा उनी डेब्यू अभिनेत्री जस्तो देखिएकी छिन् । पूजालाई यो अनुभव अरुले भनेर भएको होइन, आफै आउन थालेको हो ।

हुनत, पूजालाई 'प्रेमगीत' डेब्यू फिल्म हो भन्दा पनि फरक पर्दैन । कारण, उनले अभिनय गरेको पहिलो फिल्म 'थ्री लभर्स'देखि 'मधुमास' हुँदै 'चंखे शंखे पंखे'सम्म आइपुग्दा सबै चिप्लिए । 

सायद, 'प्रेमगीत'को जस्तो रेस्पोन्स पूजाले यस अगाडि कहिल्यै नपाएको हुनसक्छ । डेब्यू भनेरै चिनिन चाहने हो र सफलता पाउने हो भने पूजा डेब्यू अभिनेत्री नै सहि । 

भिडियोमा आयो पूजाना र प्रदीपको प्रेम ..

फिल्म ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले फिल्मको प्रेमिल गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ भने सुगम पोखरेल र अञ्जु पन्तले गीतमा स्वर भरेका छन् । रेनशा राईले कोरियोग्राफी गरेकी हुन् । 

प्रेम दिवसको छेको पारेर माघ २९ गते रिलिज हुने फिल्मको यस गीतमा मुख्य पात्र पूजा शर्मा र प्रदीप खड्काले अभिनय गरेका छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण हुन।

राजधानीमा आयोजित प्रेसमिटमा निर्माण कम्पनीले यो गीतको कभर गीत गाएर अपलोड गर्नेहरु मध्ये उत्कृष्ट एकलाई एक लाख रुपैया पुरस्कार प्रदान गरिने जानकारी दियो ।
 





बाहिरियो आर्यन र नम्रताको ‘क्लासिक’ प्रेम



फिल्मी पर्दाको सफल जोडी मानिने आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनिय फिल्म ‘क्लासिक’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । भ्यालेन्टाईन रिलिज भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा आर्यन र नम्रता फिचर भएका  छन् । पोस्टरले सांगीतिक भाव बोल्छ ।
 


‘मेरो एउटा साथी छ’देखी ‘नोभेम्बर रेन’को हिट जोडी पुनः पर्दामा आउँदा आर्यन र नम्रताका फ्यानहरुलाई यो भ्यालेन्टाईन सुखद बन्नसक्छ । फिल्ममा आर्यन र नम्रता ब्लाइन्ड जोडीको रुपमा रहेको चर्चा छ ।

दिनेश राउत निर्दे्शित यो फिल्म सुवास ईन्टरटेन्मेन्ट र आर्यन सिग्देल ईन्टरनेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुँदैछ । यद्धपी ‘क्लासिक’को केहि छायाँकन अझै बाँकी रहेको निर्माता सुवास गिरी बताउँछन् । सांगितिक प्रेमकथा बोल्ने फिल्ममा राजेश श्रेष्ठको छायांकन छ भने संगीत ताराप्रकाश लिम्बुको छ ।




तीन फिल्मको संकट


दुईटा सम्म नेपाली फिल्म चल्दा धेरै जसो समयमा दुवै फिल्मले राम्रो व्यापार गरेको उदाहरण देख्न पाईन्छ । तर दुईमा एक थपिएपछि भने सके तिनै फिल्म नभएपनि दुईटा फिल्म त हावा खान्छन् नै । ‘नोटबुक’ र ‘हमेशा’, ‘स्टुपड मन’ र ‘लज्जा’, ‘नाई नभन्नूल ३’ र ‘हवल्दार सुन्तली’ सँगसँगै जुध्दा पनि चलेका फिल्म हुन् । तर तिन फिल्म चलेका बेला भने धेरै जसो समय एउटा मात्र फिल्म चलेका उदाहरण छन् ।

यही दशैंमा पनि एकै दिन तीनवटा फिल्म रिलिज भएका थिए । ‘परदेशी’, ‘अधकट्टी’ र ‘सुश्री’ । तर ‘परदेशी’ बाहेक बाँकी दुई फिल्मले हावा खाए । यसअघि ‘६ एकान ६’ ‘बितेका पल’ र ‘पराई’ रिलिज हुँदा ‘६ एकान ६’ले बाजी मारेको थियो ।

यो साल पनि दुई मितिमा तीन फिल्मको भिडन्त हुने देखिएको छ । माघ २९ र चैत्र २६ । माघ २९ मा ‘प्रेमगीत’, ‘चलेछ बतास सुस्तरी’ र ‘क्लासिक’ले रिलिज मिति घोषणा गरेका छन् भने चैत्र २६ मा ‘नाईं नभन्नू ४’, ‘रामप्यारी’ र ‘किस्मत २’ आउने चर्चा छ ।

यो पाला हेर्नुस् कसले कसलाई पछार्छ ?




`टिचर`ले नकमाएको भए शोभित हुन्थे ठन्डाराम

निर्माता तथा निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म 'जाउँ हिड पोखरा' रिलिज गर्न ५ बर्ष लगाए । फिल्मको काम रेड स्टूडियोमै थाती राखेर शोभित 'टिचर' फिल्म बनाउन हानिएका थिए । 'टिचर' ७ लाखमा बनाएर शोभितले देशभर च्यारेटी गरे र राम्रै पैसा सोहोरे । यदि, 'टिचर' नचलेको भए शोभितको शुक्रबारबाट रिलिज भयको फिल्म 'जाउँ हिड पोखरा' अझै रेड स्टूडियोमै अड्कने थियो ।फिल्मको प्रिमियरमा उपस्थित शोभितले 'जाउँ हिड पोखरा'को छायांकन सकिएसँगै पैसा पनि सकिएको खुलाएका छन् । सुटिङ सकिए लगतै पैसा पनि सकिएकाले फिल्म रिलिज गर्न शोभितले नसकेका रहेछन् । पछि 'टिचर' फिल्मबाट कमाएपछि उनले सबै तिरको पैसा तिरेर फिल्म निकाले र रिलिज गरे । नेपाली फिल्म क्षेत्रमा बाठा मात्रै नभएर ठगीको आरोप पनि खेप्दै आईरहेका निर्माता तथा निर्देशक बस्नेतको 'टिचर' नचलेको भए त करिअर नै ठन्डाराम हुने रहेछ ।

`पशुपति प्रसाद` लिएर आए टुल्के (ट्रेलर हेर्नुस्)

फिल्म 'पशुपति प्रसाद'को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौको क्यूज हलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर देखाइएको हो ।


फिल्म 'टलकजंग भर्सेस टुल्के'का मुख्य कलाकार खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलर पनि उनी नै केन्द्रित छ । बाउआमाको अधुरो सपना पूरा गर्न शहर पसेको एउटा गाउँले केटाको कथामा 'पशुपति प्रसाद' बनेको ट्रेलरले देखाउँछ ।


रोजिना सिटौला कार्यकारी निर्माता, रजना नापित निर्माता रहेको फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन् भने निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् । फिल्ममा खगेन्द्रको साथमा बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारीको अभिनय छ ।

फिल्म प्रदर्शन भएपछि आफ्नो परिचय टुल्केबाट पशुपति प्रसादमा बदलिने कलाकार तथा लेखक खगेन्द्र लामिछानेले विश्वास गरे । अभिनेत्री बर्षा सिवाकोटीले फिल्मको कथावस्तुमा आफू सस्पेन्स पात्रको रुपमा देखिएको बताइन् ।

निर्देशक खनालका अनुसार फिल्मले गाउँबाट शहर पसेको एक युवकले आफ्ना मरिसकेका पिताको ऋण कसरी तिर्छ भन्ने देखाउने बताएका छन् । फिल्म 'पशुपति प्रसाद' माघ १५ गतेबाट नेपालभर प्रदर्शनमा आउनेछ ।

                            

युट्युबबाट प्रसारण सुरु भयो माग्ने र तक्मेबुढाको ‘खासुखुस’ (भिडियो)


मेरी बास्सैबाट छुट्टिएपछि ‘माग्नेबुढो डटकम’ नामक युट्युब च्यानलबाट स–साना रमाइला भिडियो र जनचेतनामुलक भिडियो बनाएर मनोरञ्जन दिँदै आएका केदार घिमिरे ‘माग्नेबुढा’ र विल्सनविक्रम राई ‘तक्मेबुढा’ को ‘खासखुस’ युट्युबबाट सुरु भएको छ ।

धेरैअघि नै टेलिभिजनबाट प्रसारण गर्ने भनिएको खासखुस अहिलेसम्म कुनै टेलिभिजनमा प्रसारण भएको छैन तर, स्रोतका अनुसार छिट्टै नै कुनै राष्ट्रिय टेलिभिजनबाट ‘खासखुस’ श्रृंखलाका रुपमा प्रसारित हुने छ । त्यसो त, युट्युबमा पनि खासखुस एक भाग मात्र राखिएको छ । तर, उक्त एक भाग टेलिभिजनमै प्रसारण हुने शैलीमा बनेको छ ।


खासखुसलाई माग्नेबुढा र तक्मेबुढाले संयुक्त रुपमा निर्देशन गरेका छन् । उनीहरु आफैं पनि श्रृंखलाको मुख्य भूमिकामा छन्। कलाकारहरु भने अधिकांश मेरी बास्सैकै कलाकार देखिएका छन् । प्य्रांक भिडियोबाट चिनिएकी सवनम राई भने श्रृंखलाको नयाँ अनुहारको देखिएकी छिन् ।

टेलिभिजनमा दर्शकले हेर्दै आइरहेको शैलीभन्दा खासखुस नौलो लाग्दैन । माग्ने र तक्मेबुढा मेरी बास्सैको भन्दा फरक भूमिकामा देखिएपनि त्यति रोचक लाग्दो छैन । यसबारे निर्देशकमध्येका एक केदार घिमिरेले खासखुसको विषयमा अहिले केही पनि नबोल्ने बताए ।

स्रोत सेटोपाटी 

दुई हजारभन्दा माथि फिल्म हेरेको छु–निश्चल बस्नेत

सिनेमा–संवाद

फिल्मको परम्परागत कथावाचनबाट पर गएर ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरेका निश्चल बस्नेत निर्देशक मात्र होइनन्, सफल निर्माताका रुपमा समेत स्थापित भइसकेका छन् । उनको ‘ब्ल्याक हर्स पिक्चर्स’ ब्यानरमा बनेका सबै फिल्म उत्तिकै सफल छन् । उनकाे परिचय अभिनेता र गायकसँग पनि जाेडिएकाे छ । ‘सिनेमा आर्ट नेपाल’सँग मिलेर उनले बनाएको ‘कबड्डी कबड्डी’ यही मंसिर ११ गते रिलिज भयो । उनै निश्चल संग गरिएको सिनेमा संवाद

तपाईँले पहिलो पटक हेरेको फिल्म कुन हो?

सानोमा के–के हेरियो याद छैन । तर, सानै छँदा हलमा गएर ‘दुई थोपा आँशु’ हेरेको अझै झल्झली याद आउँछ । त्यसपछि ‘साइनो’ को याद आउँछ ।
सम्झना छैन ।

अहिलेसम्म कतिवटा फिल्म हेर्नुभयो होला?

हजारौं हेरियो होला । जेहोस् दुई हजारभन्दा माथि नै हेरेँ होला ।

फिल्म किन हेर्नुपर्छ?

अरुको लागि त थाहा भएन तर मचाहिँ ‘इन्सिपिरेसन’ हेर्छु । विचार निर्माणका लागि हेर्छु । नयाँ केही भेटिन्छ कि भनेर हेर्छु । मेरो लागि त फिल्म हेर्नु मेडिटेसनजस्तै हो ।

तपाईँका लागि फिल्म के हो?

म यदि फिल्म क्षेत्रमा थिइन भने त मनोरञ्जनको एउटा साधन मात्र हुन्थ्यो होला । अहिले भने फिल्म मेरो लागि जीवन अगाडी बढाउने माध्यम भएको छ । फिल्म मेरो लागि वरीपरि आफूले देखेको कुरा व्यक्त गर्ने माध्यम हो ।

फिल्म हेरेर के सिक्नुभयो?

यही सिकेँ भन्ने त नहोला । जेहोस्, सोच्न बाध्य बनाइदिनछ । यो बनाउनले कसरी सोचेर बनायो होलाजस्तो लाग्छ । त्यस्तो फिल्म हेरेर म पनि यस्तै फिल्म बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ । जे होस् मेरो फिल्ममा अलिअलि भएपनि मेरो आफ्नो भोगाई हुन्छ ।

फिल्म हेर्दा विशेष केमा ध्यान दिनुहुन्छ?

पहिले कथा र त्यसको प्रस्तुतिकरण हेर्थें । अहिले ‘बिहाइन्ड द सिन’ सोचेर हेरिन्छ । निर्देशकले कसरी काम गरेको छ त भन्ने ध्यान दिन्छु । प्राविधिक पाटोमा आँखा घोत्लिन्छ ।

कुन माध्यममा फिल्म हेर्न रुचाउनु हुन्छ?

सकेसम्म त हलमै हेर्ने हो । तर, धेरै त सिडीडिभिडीमा हेरेको छु । अचेल त इन्टरनेटमा हेर्छु ।

फिल्म कसरी छान्नुहुन्छ?

‘सिनोप्सिस’ हेरेर छान्छु । कहिले त पोष्टर कस्तो छ त्यसमा पनि भर पर्छ । पहिलेपहिले त रेटिङ या समिक्षकको समिक्षाबाट छान्थेँ ।

आदर्श नायक नि?

ठ्याक्कै यही भन्ने छैन । तर, एक समय ज्याकी चेनका प्रायः फिल्म हेर्थेँ ।

तपाईंँका लागि आदर्श खलपात्र को हो?

पछिल्लो समय आफ्नै फिल्म लुटको ‘हाकुकाले’ । ‘इन्सेप्सन’ मा लियोनार्दो डिक्याप्रियोको भुमिका पनि मलाई मन परेको हो ।

कुन फिल्मी चरित्रसँग आफूलाई नजिक पाउनुहुन्छ?

निर्देशकले आफैंजस्तो गर्नु है भनेकाले मलाई त आफैंले खेलेको फिल्म ‘कबड्डी’ को आफ्नै पात्रसँग नजिक छु जस्तो लाग्छ ।

कस्ता फिल्म मन पर्छन्?

फेष्टिभलमा छानिएका र अवार्ड पाएका फिल्म मन पर्छन् । त्यस्तै फिल्मले त हुन् सोध्न बाध्य बनाउने ।

पछिल्लोपटक हेर्नुभएको फिल्म, जसले तरंगित बनायो ?

बर्डम्यान ।

धेरैपटक हेरेको फिल्म?

म दोहो¥याएर कमै फिल्म हेर्छु । ‘इन्सेप्सन’ पहिलोपटक हेर्दा त पागलै बनायो । त्यसपछि दोहो¥याएर हेर्दा मात्र बुझेँ ।

कुन समयमा धेरै फिल्म हेर्नुभयो?

फिल्ममा आउनुभन्दा अघि । सन् २००५ देखि २००९ को पिरियडमा प्रत्येकदिन तीनवटासम्म हेरेँ । त्यतिखेर त चाइनिज, फ्रेन्च फिल्महरु सबटाइटल नराखि म कथा कत्तिको बुझ्न सक्छु भनेर आफूलाई जाँच्न हेर्थेँ ।

मन पर्ने निर्देशक जसको तपाईं डाइहार्ट हुनुहुन्छ?

एक समय म क्वान्टिन टोरेन्टिनोका स्क्रिप्टहरु पढ्थेँ । उनी लेखन र निर्देशन दुवैमा पावरफुल लाग्छन् । सुरुमा मलाई तुलसी घिमिरे दाई मन पथ्र्यो । दर्पण छायाँसम्मका फिल्महरु मलाई मन परेका हुन् ।

फिल्म हेर्दाका कुनै रोेचक घटना छन्?

बाहिर बस्दा एउटा थ्रिडी फिल्म ल्याएर हेर्दा लगाउनुपर्ने चस्मा नै अर्को परेछ । तिरिमिरी आँदा पनि हेरिरहेँ ।

पछिल्लो पटक कुन फिल्म हेर्नुभयो?

जेम्स बण्डको ‘स्पेक्ट्र’ हेरेँ । टाउकै दुखायो । मलाई त बण्ड फिल्मजस्र्त लागेन ।

स्रोत SetoPati

Friday, November 27, 2015

'कबड्डी ३' नयाँ ठाउँ र परिवेशमा हुने छ : निर्देशक रामबाबु गुरुङ

अशेष अधिकारी

जीन्दगीमा जून बाटो आफ्ना लागि हुन्न त्यो बाटोमा ढुगां नभए पनि ठेस लाग्छ र जत्ति नै रोमान्चले भरिए पनि पट्यारलाग्दो हुन्छ। रामबाबु गुरूङ्का लागि पनि जीन्दगीको बाटो त्यस्तै भयो। परिबारका बाबु, बाजे, दाइ, काका, सोल्टा सबको हिँड्ने बाटो भर्ती  थियो। त्यो माहोलमा उनको इच्छा पनि फरक थिएन्।
त्यहि इच्छाका कारण उनको मन पढाइमा कम खेलकुदमा धेरै थियो। तर, खेलकुदको दौडघुपले उनलाई लाहुरे बनाउन भने सकेन्। गेटपास पाएर पोखरा त सजिलै पुग्थे तर दौडका कारण पछारिन्थे। लाहुरेमा उनी दुई पटक भिडे।

झण्डै १०-१५ वर्षपछि उनको अवस्था हेर्दा लाग्छ उनी भर्तीमा दौड्न नसक्नु कारण जीन्दगीले उनलाई दौडाउन खनेको बाटो अर्कै रहेछ। 'कबड्डी' निर्देशक रामबाबुलाई नेपाली फिल्मको हाइवेमा हाइस्पिडमा हुँइकिनु रहेछ। त्यसैले उनी लाहुरेको भर्ती दौडमा पछाडि रहे। शुक्रबारबाट उनको गत वर्षको हिट फिल्म 'कबड्डी'को दोस्रो सिक्वल 'कबड्डी कबड्डी' रिलिज भयको छ् । कमै हल पाए पनि फिल्मले पाय जती हलमा हाउसफुल व्यापार गरेको छ । तिनै रामबाबु ले आफ्नो फिल्मयात्राको 'ट्राभल डायरी' र 'कबड्डी कबड्डी'का बारेमा सुनाए।

ओखलढुंगा, रुम्जाटारमा जन्मिएका परिवारका कान्छा छोरा रामबाबु साथी सन्तोष गुरुङ्को संगतले फिल्ममा आइपुगेका हुन्। सन्तोषसँग ओखलढुंगादेखिकै चिनजान थियो। भर्तीमा जाँदा उनीहरू थप नजिक भए। पोखराबाट उनीहरू सँगै फेल भएर काठमाडौं फर्के। सन्तोष काठमाडौंमा डान्स सिक्थे। लाहुरे बन्ने बाटो बन्द भएपछि उनी पनि बिहानको समयमा कसरत हुन्छ भनेर संन्तोषसँगै नाच्न जान थाले। त्यहिबाट उनको फिल्मसँग संगत बढ्दै गयो।

'रहर त मेरो फिल्ममा आउने छँदै थिएन्। अन्त केहि 'अप्सन' नभएपछि फिल्ममा छिर्या हो। उसले पैसा हालेर केहि फिल्म पनि खेल्यो। उसँग फिल्मको सुटिङ्मा हिडिन्थ्यो। त्यस्तो ढर्रामा खुब हिँडियो।' उनले सम्झे। यसैगरी विस्तारै उनी कलाकर्मी, साहित्यकारको संगतमा पर्दै गए। उनलाई यो क्षेत्र मनपर्यो।


गत वर्ष 'कबड्डी' रिलिज भयो। फिल्मका सबै सदस्यलाई निर्माता बनाएर 'गुरिल्ला' शैलीमा निर्माण गरिएको फिल्म चल्यो। व्यवसायिक तथा समिक्षकिय पाटोबाट फिल्म राम्रो ठहरियो। गत वर्षका अवार्डहरुमा उनको फिल्मले निर्देशन, लेखन विधामा धेरै अवार्डहरु पनि हात पार्यो। अघिल्लो फिल्म 'अनागरिक' गर्तमा हराएको अनुभव संगालेका रामबाबुले राष्ट्रिय पुरस्कार लगायतका अवार्डहरु जित्न सफल रहे। दर्शकका नजरमा उनले राम्रो फिल्म बनाउने निर्देशकको छाप छोडे।

त्यसैबाट हौसिएका उनी फिल्मको सिक्वलसहित तयार भइसकेका छन्।
'कबड्डी फिल्म आफैमा परिक्षण थियो। दर्शकले कसरी लिन्छन् भन्ने मनमा थियो। फिल्म मनपराउँछन भन्ने आश पनि थियो। त्यसैले फिल्मको अन्त्य 'ओपन एन्ड' सहित टुङ्ग्याइयो।'
फिल्मको सिक्वललाई लिएर उनी अलि अलि 'नर्भस' पनि छन्।

'पहिलो फिल्मका कारण दर्शकमा आशा पहिलो भन्दा बढेको छ। उनीहरुमा फिल्म राम्रो बनेको छ भन्ने धारणा स्थापित भएको छ। त्यसैले त्यसलाई सम्बोधन गर्न सक्छु कि सक्दिन भन्ने त मनमा छँदैछ। त्यसो हुँदा मनमा केहि मात्रामा डर छ तर, दर्शकलाई निराश पार्ने काम गरेको छैन् भन्ने विश्वास छ।'

पहिलो र दोस्रो फिल्मका आधारभूत संरचनामा खास ठुलो परिवर्तन नगरेको उनले बताए। 'पहिले जे हो अहिले पनि त्यहि छ। फरक भने फिल्मको व्याकड्रपमा हो। पात्रहरुको कथा त्यसैको सेरोफेरोमा घुमेको छ। पहिलो फिल्ममा काजीको प्रेममा बाहिरिया मान्छे 'भिजिलान्ते' थियो। यसमा 'भिजिलान्ते' घरभित्रैबाट रहेको छ।'
घरभित्रैबाट निस्केको 'भिजिलान्ते' र काजीको दन्वदमा उनिएको कथाले दर्शकलाई मनोरञ्जन दिने उनले प्रयास गरेका छन्। पहिलो निश्चललाई भिजिलान्ते बनाइएको थियो। दोस्रोमा फेरि उसैलाई लान नसकिने भएकाले यसपटक सौगातलाई भिजिलान्ते बनाएर छिराइएको छ।

'पहिलो फिल्मका कारण दर्शकहरुको पात्रसँग एक खालको निकटता भइसकेको छ। पात्रहरुलाई दर्शकले माया गरेका छन्। त्यसैले दोस्रो भागलाई पनि दर्शकको साथ रहन्छ भन्ने मैले सोचेको छु।'

पहिलोबाट दोस्रो भागसम्म आइपुग्दा उनले फिल्मका कलाकारहरु 'अपग्रेड' भएको अनुभव छ। उनले विजय बरालको नाम लिए। सबै पात्रहरुमा सबै कलाकारको अभिनय राम्रो छ। विजयले भने फिल्ममा पहिलोमा भन्दा आफूलाई अझ माझेका छन्। दयाको र अरु आफ्नो लयमा जमेका छन्।'

त्यस्तै उनले फिल्मको तेस्रो सिक्वलको सम्भावना कायम रहेको स्पष्ट पारे।
'पहिलो फिल्ममा पनि मैले अघि भने जस्तै 'ओपन एन्ड'मा लगेर फिल्म सिध्याएको थिएँ। त्यतिबेला दर्शकले रूचाएको खण्डमा फिल्मको कथा अर्को भागमा पनि लान्छु भन्ने सोच थियो। यसलाई पनि दर्शकले रूचाए भने म तेस्रो श्रृखंला पनि बनाउँछु। तेस्रो मात्र हैन दर्शकले जबसम्म यसलाई चाहिरहन्छ त्यो समयसम्म यसलाई बनाउँने छु, तर दर्शकले 'भयो' भन्ने भयो भने बनाउँदिन्।'

उनले तेस्रो फिल्ममा भने नौरी गाँउ नहुने पनि खुलासा गरे। तेस्रो सिक्वलमा नयाँ ठाँउ र परिवेशमा हुनेछ।
'पहिलो फिल्म बनाउँदा पनि दर्शकले रुचाए भने दोस्रो बनाउने भनेर कथा त्यहि अनुसार ओपन एन्डमा छोडिएको हो। दोस्रोमा पनि त्यस्तै गरिएको छ। फिल्म राम्रो भो र मनपराइयो भने डेढ दुई वर्षपछि तेस्रो पनि बनाउने योजना छ।'

उनी नयाँ फिल्मको तयारीमा पनि जुटिसकेका छन्। उक्त फिल्म जनराका हिसाबले 'कबड्डी' भन्दा फरक हुनेछ। फिल्ममा उनले दुई दाजुभाइको कथा भन्नेछन्। एकसरो स्क्रिप्ट तयार भइसकेको छ। फिल्ममा केहि कलाकार पनि छनोट भइसकेको उनले बताए।

उनले फिल्मका योजना सुनाउँदै जादाँ आजसम्म बनाएका र पाइपलाइनमा भएका फिल्म भन्दा अन्य सिरियस विषयमा फिल्म बनाउने उनको धोको अझै बाँकी छ। उनको खास लगाव पनि त्यस्तै फिल्ममा हो। 'अहिले बनाइरहेको जस्तो फिल्म भन्दा पनि फरक फिल्ममा मेरो रूचि हो।' उनी केहि वर्ष पछि त्यसलाई मूर्तरुप दिने मुडमा छन्।

स्रोत SetoPati

टिकट ब्ल्याक गर्नेसँग विश्वज्योतीमा फाइट पर्‌‍यो : एसएसपी सर्वेन्द्र खनाल

-अशेष अधिकारी 
-सिनेमा-संवाद

पहिलो पटक हेरेको फिल्मको बारेमा सोध्दा महानगरिय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सर्वेन्द्र खनालले 'यस्तो कुरा मलाई यादै हुँदैन्' भने। 'सम्झनुस् न' भने पछि उनले आफ्ना एक साथीलाई फोन घुमाए र सोधे, ' हामी पहिलो पटक हेर्न गएको फिल्म कुन हो?' साथीले उताबाट के जवाफ दिए। उनले जवाफ फर्काए 'त्यो त धेरै पछि हो।' केहिबेर छलफल चल्यो र फिल्मको नाम फाइनल भयो: राजकुमारको हिन्दी फिल्म बुलन्दी; साल २०३६ र हल जय नेपाल।
उनले फेरि भने 'यस्तो चिज जत्ति गरे' पनि याद हुन्न्। महानगरिय प्रहरी अपराध महाशाखा आएपछि उनले गरेका विभिन्न कामले उनी समाज र संचारमा कुनै फिल्मी 'हिरो' भन्दा कम दरिएका छैनन्। उनी 'रिल'को हैन 'रियल' हिरो बनेका छन्। उनै 'रियल' हिरो एसएसपीसँग गरिएको सिनेमा-संवाद यस्तो थियो:

तपाईँले पहिलो पटक हेरेको फिल्म कुन हो?
राजकुमारको बुलन्दी, २०३६ सालमा, जय नेपाल हलमा। नेपालीचाँहि 'माइतीघर' हो जस्तो लाग्छ।

फिल्म किन हेर्नुपर्छ? तपाईँका लागि फिल्म के हो?
मनोरञ्जन र शिक्षाका लागि। मेरा लागि फिल्म समय मिल्दा मन बहलाउने साधन र साथीभाइसँग भेटघाट गर्ने अवसर जस्तो हो।

 कस्तो फिल्म मनपर्छ?
 एक्सन फिल्म। मलाई पनि वास्तविक जीवनमा पनि 'एक्सन' मनपर्छ।

कुन माध्यममा फिल्म हेर्न रुचाउनु हुन्छ?
 पहिला पहिला काठमाडौंका भिडियो पार्लरमा हेरियो। मलाई मिलेसम्म फिल्म हलमा नै हेर्न मनपर्छ। त्यसैले हलमा नै हेर्ने प्रयास रहन्छ।

फिल्म कसरी छान्नुहुन्छ?
 अरूको सिफारिसमा। उनीहरुले तिमिलाई यो मनपर्छ भनेर सिफारिस गरेपछि ती फिल्म हेर्ने गर्याछु।

आदर्श नायक नि?
अभिताभले अभिनय गरेका 'एग्री योङ्म्यान'का प्राय सबै चरित्रहरु। विशेष सम्झनुपर्दा 'दिवार' फिल्मको चरित्र।

तपाईंका लागि आदर्श खलपात्र को हो?
अमरिश पुरिले निभाएका खलचरित्रहरु। उदाहरणका लागि मिस्टर इन्डियाको 'मुग्याम्बो'।

धेरैपटक हेरेको फिल्म?
अमिताभ र धर्मेन्द्रको 'शोले' हो। त्यो फिल्म ३ पटक हेरे मलाई त्यो फिल्म दमदार लाग्छ।

आज कतिवटा फिल्म हेर्नुभयो?
दुई-तीन सय पुगेकी। ठ्याक्कै थाहा छैन्।

कुन समयमा धेरै फिल्म हेर्नुभयो?
 स्कुले जीवन र एसएलसीको बिदाको समयमा धेरै हेरियो।

मन पर्ने निर्देशक जसको तपाईं डाइहार्ट हुनुहुन्छ?
 त्यस्तो कोहि पनि छैन्।

नेपाली फिल्म कत्तिको हेर्नु हुन्छ?
 समय र मौका मिल्दा।

फिल्म हेर्दाका कुनै रोचक घटना छन्?
स्कूल पढ्दा विश्वज्योतीमा टिकट ब्ल्याक गर्ने केटाहरुसँग लाइनलाई लिएर विवाद पर्यो र झगडा भयो। साथीहरुसँग मिलेर पिटियो। त्यो घटनापछि धेरै समय विश्वज्योतीमा फिल्म हेर्न गइएन। हामी अमिताभ र रेखाको 'सिलसिला' हेर्न गएका थियौं।

पछिल्लो पटक कुन फिल्म हेर्नुभयो?
हिन्दीमा आमिरको 'पिके' हो। प्रिमियरमा नेपालीमा 'चंखे शंखे पंखे' हेर्न गएको मनमपरेन आधिमा नै निस्के।

मनपर्ने हिरोइन?
स्मिता पाटिल।

जीन्दगीमा हिरो भन्ने लहड चलेन?
अँह कहिल्यै लागेन।

स्रोत सेतीपाटी 

Saturday, November 21, 2015

पूजनाको चकलेट पूजानाकै लागि चुनौती ...बालबालिकाको कथा बोल्ने छ् चकलेटले

पूजना प्रधान एक समय निकै चर्चामा आएकी अभिनेत्री हुन् । तर, पछिल्लो समय उनको चर्चा चलचित्रमा कमै हुन्छ । फिल्म भन्दा पनि म्युजिक भिडियोमा पूजनालाई दर्शकले देख्न पाउँछन् त्यो पनि अक्कल झूक्कल ।

अब भने उनै पूजना आफ्नै फिल्म मार्फत पर्दामा आउँदैछिन् । आफ्नै लगानी रहेको फिल्म ‘चकलेट’ यही मंसिर १८ मा रिलिज हुँदैछ । सामाजिक सन्देश बोकेको सडक बालबालिकाको कथा बोल्ने ‘चकलेट’ पूजनाको लागी अबसर र चुनौती दुबैको रुपमा लिईएको छ । किनकी अन्य निर्माता निर्देशकको नजरमा तथा अन्य ब्यानरको फिल्मको लागी अभिनय कलालाई जिवितै राख्नको लागी पनि उनको अभिनयले खास अर्थ राख्ने देखिन्छ । लामो समयको अन्तरालपछि आफ्नै फिल्म मार्फत पर्दामा आँउँदै गरेकी पूजना चम्केलिन् या नचम्केलिन् त्यो भने रिलिजपछि पक्का थाहा होला ।

हाँस्य कलाकार निर्मल शर्मा गैंडाले निर्देशन गरेको यो फिल्मबाट उठेको रकम पनि सामाजिक कार्यमा नै खर्चिने निर्माण टिमले यसअघी नै बताईसकेको छ । फिल्ममा पूजनासँगै आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरै, केशब भट्टराई, सुनिता ठाकुरलगायतको अभिनय छ । फिल्ममा खुसी गुरुङ र केशव तामाङले समेत लगानी गरेका छन्।

टिपिकल नेपाली सव्दले सुसज्जित भाजो हाल्यो पिरती

पछिल्लो समय धेरै चलचित्रले रोमान्टिक भन्दै लभ स्टोरीे तथा कमेडी जनराका गीतहरुलाई समेट्छन् । जहाँ टिपिकल नेपाली परिवेश बोल्ने कमै गीतले स्थान पाएका हुन्छन् । तर यही  बीचमा टिपिकल नेपाली परिवेशको झल्को दिने गीत रिलिज भएको छ । पौष १० गते काठमाण्डौ बाहिर र १७ गते काठमाण्डौमा प्रदर्शनमा आउने चलचित्र ‘धौली’को सार्वजनिक गीतमा नेपाली परिवेश र संस्कृतिको गन्ध भेट्न सकिन्छ ।


आउँदो पुष १० गते नै सार्वजनिक हुने गीत फिल्मको कथासँग बाँधिएर आएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा स्वर ताराश्री मगरको छ । चलचित्रको कथा सन्तोष कुमारको हो । घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, गजित बिष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की लगायतको अभिनय छ । ‘धौली’मा किरणकुमार अत्रेया, सन्तोषकुमार अत्रेया, सम्भु थापा र नरबहादुर गोदारको संयुक्त लगानी छ ।

'लुटेरा' चर्चामा रहदा पनि निसा किन अाइनन चर्चामा?

तिहार रिलिज गोपाल कायस्थको लगानी रहेको फिल्म ‘लुटेरा’ले दर्शकको राम्रो साथ पायो र पाईरहेको छ । फिल्म रिलिज पहिले र त्यसपश्चात पनि ‘लुटेरा’लाई जोडेर एक्सन स्टार निखिल उप्रेतीको मात्रै जस्तो चर्चा भयो । लामो समयपछि ‘भैरव’ मार्फत पर्दामा पुनरागमन गरेका निखिलको स्टारडम जिवितै रहेको चर्चा भईरहँदा सोही फिल्मका अन्य कलाकारको भने चर्चा नै हुन सकेन ।

अहिले पनि फिल्मकी लिडिङ अभिनेत्री निशा अधिकारीको अभिनय भन्दा पनि मुडुलाएको टाउकोको मात्रै बजारमा चर्चा छ । त्यसैले ‘लुटेरा’ अभिनेत्री निशाले फिल्म चल्दा पनि खासै चर्चा र तारिफ भेटेकी छैनन् । यसअघी गतवर्ष रिलिज ‘मुखौटा’ सुपर फ्लप हुँदा चर्चामा आएकी निशा ‘लुटेरा’ हिट हुँदा पनि कसैको तारिफको पात्र बन्न सकिनन् ।

हुन त नेपाली फिल्म मात्र होईन बलिउड होस् या हलिउड जहाँ पनि अभिनेत्रीको भन्दा पनि अभिनेताको अभिनयको बढि तारिफ हुन्छ र स्टारडमको पनि मुल्याङ्कन हुन्छ । हिट फिल्ममा महत्वपुर्ण पाटो बनेका अभिनेत्रीको चर्चा कमै हुन्छ, ‘लुटेरा’ चल्दैगर्दा पनि निशा मामिलामा यही भएको हुनसक्छ ।

अर्को तर्फ फिल्मको छायाँकनको क्रममा पनि 'ल्याङ-ल्याङ' गर्दै निर्माण टिमलाई समय नदिएर कहिले अमेरिका त कहिले हिमाल चढ्न अफ्रिका हानिएकी निशालाई हिट बन्दा पनि निर्माण टिमले दिल खोलेर तारिफ गरेको छैन् । मात्रै नाम आईरहेको छ, निखिल अनि निखिल । के निखिलसँग फिल्म खेल्नु निशाको गल्ती थियो ? या, दर्शकलाई दम दिने अभिनय निशाले गर्न सकिनन् ? अर्को प्रश्न उब्जेको छ ।

‘लुटेरा’ चल्दैगर्दा पनि निशालाई के फाईदा भयो त्यसको पनि हिसाब सुरु भएको छ । के यो फिल्मको लागी लिएको पारिश्रमिक मात्रै उनको मन बुझाई बन्यो अथवा यसको प्रभाव हेरेर अन्य निर्माता निर्देशकले आफ्नो फिल्ममा निशा खोज्छन्, त्यो भने समयले बताउला ।

Friday, November 20, 2015

‘आधा पेज’मा रिस्ता र सलोनको यस्तो संवाद

पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधा पेज’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्रको पहिलो मुहार देखाइएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत र रुपेश न्यौपानेको मुख्य भूमिका छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय प्रमुख अतिथी रहेको कार्यक्रममा प्राविधिक कारणले गीत र ट्रेलर देखाउन भने सकिएन । चलचित्रका मुख्य कलाकारले ‘आधा पेज’बाट धेरै नै आशावादी बनेको बताए । नायक सलोन बस्नेतले आफूले यस अगाडि गरेका चलचित्र भन्दा यो चलचित्र फरक भएको बताए । चलचित्रमा विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल लगायतका कलाकारको पनि अभिनय छ

 ।

परी फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई लीलाबहादुर न्यौपाने र ज्ञानबहादुर न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन छ ।

चलचित्रको सार्वजनिक ट्रेलरमा केही युवालाई केन्द्रित संवाद र त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ ।



राजेश होइनन् भूवन ‘महानायक’, गैडा भन्छन्-‘यूवतीतर्फ ध्यान कम दिनुहोस्’

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाललाई ‘महानायक’ भन्ने गरिन्छ । राजेशलाई नेपाल चलचित्र प्राविधिक संघले ‘महानायक’को उपाधी पनि दिइसकेको छ । तर, राजेश हमाललाई यो उपाधी दिनु हुन्छ कि हुँदैन भन्ने बहस चलचित्र क्षेत्रमा चल्दै आएको छ ।
राजेश हमाललाई ‘महानायक’ भन्न थालिएपछि नायक भूवन केसीले यो बिषयमा थुप्रै पटक आपत्ती पनि जनाएका छन् । उनले राजेशको नाम नलिई घुमाउरो शैलीमा असफल चलचित्र दिने कसरी ‘महानायक’ हुन्छन् पनि भन्ने गरेका छन् ।
नेपाली चलचित्रका पुराना निर्माता, चर्चित कलाकार तथा निर्देशक निर्मल शर्माले नायक राजेश हमाललाई नभई आफूले भूवन केसीलाई ‘महानायक’ भन्ने बताएका छन् ।
उनले भूवन केसीले थुप्रै हिट चलचित्र दिएको बताउँदै भने-‘मेरो आमालाई अहिले पनि भूवन केसीको चलचित्र याद छ । उहाँ राजेश हमालका चलचित्रको नाम भन्न सक्नुहुन्न ।’ निर्मलले राजेशलाई लिएर बनाएका ३ चलचित्र पूर्ण रुपमा असफल भएका थिए ।
उनले भूवन केसीलाई चलचित्रका बिषयमा जुनियर चलचित्रकर्मीलाई सिकाउन आग्रह गर्दै यूवतीतर्फ कम ध्यान दिन पनि आग्रह गरेका छन् ।

ऋचाको रुप कसरी यस्तो भयो ?

नेपाली कथानक चलचित्र ‘को आफ्नो’ को टिजर रिलिज भएसंगै अभिनेत्री ऋचा शर्माको लुक्सको वारेमा चर्चा सुरु भएको छ । ‘क्युट गर्ल’ भनेर चिनिने ऋचालाई यस चलचित्रमा एउटी दुःखी आमाको स्वरुपमा देखाएको छ । आफ्नो बच्चा हराएपछि पिडामा रहेकी आमाको भुमिका निर्वाह गरेकी छिन् उनले ।

अलिन थापा निर्देशित उक्त चलचित्रको पोष्ट प्रोडक्सन हलिउडमा गरिएको छ । सामाजिक कथामा बनेको यो चलचित्रमा नेपालको पश्चिम पहाडको परिवेशमा देखाउने प्रयाश निर्देशक थापाले गरेका छन् ।

अमेरिकाको बेबर्ली हिल्समा आउदो ५ तारिकमा यस चलचित्रको विषेश प्रदर्शन हुने भएको छ । ऋचा लगायतका कलाकार उक्त कार्यक्रममा सहभागी हुने भएका छन् ।

अभिनयमा विविधता दिन सिपालु ऋचा रंगमञ्चवाट आएकी कलाकार हुन् । छिरिङ रितार निर्देशित ‘उमा’ मा माओवादी छापामार युवतिको चरित्र निर्वाह गरेकी ऋचाले ‘टलकजंग भर्सेज टुल्के’ मा थारु युवति फूलीको भुमिका निर्वाह गरेकी थिईन् ।


राजन खतिवडा, सुवास थापा, शान्ति गिरी, मेनुका प्रधान, सुदाम सिके लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा ऋचा र सुशांक मैनाली श्रीमान श्रीमतिको भुमिकामा छन् ।

भूवन केसीको बायोग्राफीमा ‘प्लेब्वाई’ नाम वाधक

चलचित्र क्षेत्रका चर्चित नायक भूवन केसीको बारेमा लेखिएको बायोग्राफी पुस्तक सार्वजनिक हुन सकेको छैन । यसको मुख्य कारण नामको विवादलाई लिइएको छ । घोस्ट राइटिङ प्रकाशक नेपालले पुस्तकको नाम ‘प्लेब्वाइ’ राख्न खोजेको छ ।
तर, नायक केसी भने यो नाम राख्दा आफ्नो छवि विग्रने भन्दै नाममा असहमती जनाइरहेका छन् । जसका कारण पनि भूवनको पुस्तक बजारमा आउनुपर्ने समयमा आउन सकेको छैन ।
यो पुस्तकलाई कमल ढकालले लेखेका हुन् । पुस्तकभित्र भूवन केसीको जीवनकथा समेटिएको छ । भूवन केसीको चलचित्र यात्रादेखि यूवतीसँगको विविध सम्बन्धलाई यो पुस्तकमा समावेश गरिएको छ ।
‘प्लेब्वाइ’ नाम राखेको खण्डमा पुस्तक बजारमा राम्रो  बिक्ने प्रकाशको वुझाई छ । भूवनले डेढ लाखको चेक अगि्रम लिइसकेका छन् । अब पुस्तक कहिले बजारमा आउँछ भन्न सकिने अवस्था छैन ।

थम अप गर्दैमा चल्छ र फिल्म ? शोभितको अनुरोधमा कलाकारहरुको यस्तो अभियान... कबड्डी कबड्डीलाई कमजोर बनाउँन यस्तो राजनीति हुँदै

लाखौ रुपैयाँ लगानी भएको अरुको फिल्म नचलोस भनेर कसले सिधै भन्ला र यहाँ ।
शायद त्यहि भएर हुनुपर्छ निर्देशक शोभित बस्नेतको अनुरोधलाई मान्दै केही फेमश कलाकारहरुले जाउँ हिड पोखराको थम अप प्रोमोशन साथ दिएको ।
बेष्ट अफ लक नारामा शिव श्रेष्ठ देखि लिएर निखिल उप्रेती तथा अहिलेका हट केक अनमोल केसी सम्मले जाउँ हिड पोखराको थम अप प्रोमोशनमा सघाऊ पुर्याएका छन् ।
उक्त अभियानमा शोभितका मामा पर्ने हिरो रमित ढुंगाना, हिरो गौरव पहारी, डान्स डाईरेक्टर शंकर बिसी तथा गायक तथा नायक प्रशान्त तामाङ र शोभितका पकेटका हिरो धिरेन शाक्य सम्मले फोटो खिचाउँदै जाउँ हिड पोखराको प्रोमोशनमा साथ दिएका हुन ।

आउँदो मंसिर ११ देखि रिलिज हुने जाउँ हिड पोखरालाई सिगल स्क्रिनका दर्शक माँझ रुचाईने फिल्मका रुपमा हेरिएको छ । तसर्थ पनि फिल्म चलोस भनेर यी कलाकारहरुले शोभितको अनुरोधलाई स्वीकार्दै थम अप अभियानमा साथ दिएको बताईन्छ ।
फिल्ममा रेखा थापा र जीवन लुइँटेल मेन रोलमा छन् त्यस कारण यो फिल्मले सिंगल स्क्रिनबाट ब्यापारिक नतिजा राम्रै निकाल्ने अनुमान काटिएको छ ।
तर मंसिर ११ गतेकै दिन बल्कबष्टर बिजनेश गर्न सक्ने फोरकाष्ट पाएको कबड्डी कबड्डी भन्ने फिल्म पनि रिलिज हुँदैछ त्यस कारण फिल्म बृत्तमा कबड्डी कबड्डीको मोफसल ब्यापारलाई पूर्ण रुपमा कमजोर बनाउँन  राजनैतिक चलखेल सुरु भएको एक्सक्लुसिभ खबर हामीले प्राप्त गरेका छौँ ।

प्राप्त खबर अनुसार कबड्डी कबड्डीको टिमलाई मोफसलमा कमजोर बनाउँन केही फिल्म हल सञ्चालक र वितरकहरुले शोभितको फिल्मलाई धेरै स्क्रिन दिने तयारी गरेका छन् ।

तर राजधानीको हकमा चाँहि सो राजनीति फेल हुने भन्दै ति  वितरक र हल सञ्चालकहरुले शोभितको फिल्मलाई मोफसलमा धेरै स्क्रिन दिन ब्यक्तिगत रुपमै लविङ  गरेको हाम्रो अध्ययनले देखाएको छ ।(स्रोत न्युज फिल्मी )

तिर्सना अर्धनग्न अवस्थामै फर्किइन् (तस्बिर सहित)

पाहुना आउँदा सधैँ भान्सामा डाडु–पन्यु लिएर नाच्ने बुहारीसँग दिक्क भएका ससुराले बुहारीलाई एक दिन ‘बुहारी आज विशेष खालका पाहुना आउँदै छन्, भान्सामा डाडु–पन्यु लिएर ननाच है’ भनेछन् । पहिला त बुहारीले हुन्छ भनि  ।
घरमा पाहुना आए । बुहारी फेरि भान्सामा डाडु–पन्यु लिएर नाच्न थालि र भनि–‘आफ्नो बानी को छाडो अर्काको बानी को लियो ।’ अहिले मोडल तिर्सना बुढाथोकीको सन्र्दभमा त्यो कथा लागू भएको छ । केही समय पहिला अर्ध नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर निकै चर्चा बटुलेकी तिर्सनाले बीचमा आफुलाई सुधार गर्न सामाजिक काममा सक्रिय भएकादेखि दशैँ र तिहारमा दुर्गा र लक्ष्मीको समेत तस्बिर सार्वजनिक गरिन् ।
भूकम्पका बेला उनले धेरै जिल्ला पुगेर सामाजिक काम पनि गरिन् ।  भारतीय नाकाबन्दीका विरुद्ध पनि उनको अभियान जारी रह्यो । तर, ती सबै काम फिका भए । तिर्सनालाई दर्शकले ती कुरामा रुचाएनन् अर्थात तिर्सनालाई अर्धनग्न अवस्थामै हेर्न चाहे । अहिले फेरि उनी पूरानै अवस्थामा फर्किइन् । हेर्नुहोस, तस्बिरः





अनमोललाई छाड्दैनन् भूवन, यूएइ पुगे केसीका बाबुछोरा

नायक अनमोल केसी चलचित्र क्षेत्रमा सुपरस्टार भैसके । तर, उनी अझै पनि आफ्ना पिता नायक भूवन केसीकै वरिपरी नै छन् । भूवनले श्रीमती सुस्मितालाई डिभोर्स दिएपनि अनमोल बाबुसँगै बस्दै आएका छन् । सायद, यसैले पनि होला भूवन अनमोलसँग जोडिएका विभिन्न बिषयमा सामेल हुन्छन् र आफ्नो विचार राख्छन् ।
चलचित्रको छनोटको बिषय होस् वा गर्ने नगर्ने भन्ने बिषयमा होस्, भूवनकै निर्णय हुन्छ । अनमोल भूवनकै कुरालाई सहर्ष मान्छन् र त्यही अनुसार काम गर्छन् । भूवन र अनमोलको यो केमेष्ट्री अचम्मकै छ । केही समय अगाडि ‘ग्याङ स्टार ब्लूज’ नामक एक चलचित्रमा अनमोलले काम गर्ने वा नगर्ने भन्ने बिषयमा भूवन केसी अगाडि देखिएका थिए ।

अहिले नायक केसी छोरा अनमोललाई लिएर दुबइ पुगेका छन् । केही महिना अगाडि नायक आर्यन सिग्देलले उद्घाटन गरेर सुरु भएको ‘नेप्लिज आर्टिस्ट गु्रप’ले आफ्नो शाखा विस्तार गर्दैछ । आज यूएइमा आयोजना हुन लागेको परिचयात्मक कार्यक्रमका लागि नायक भूवन केसी र अनमोल केसी त्यहाँ पुगेका छन् ।
यो कार्यक्रममा केही सांगीतिक प्रस्तुती पनि हुने संस्थाका संरक्षक रतन थापाले  जानकारी दिएका छन् ।
भूवन र अनमोल एकसाथ विदेश पुगेको यो पहिलो  पटक भने होइन । विदेश जाँदा पनि भूवन अनमोललाई लिएर जाने गरेका छन् ।
यो कार्यक्रम आयोजना गर्ने रतनले यस अगाडि नायिका रेखा थापालाई यूएई लगेर ‘तीज महोत्सव’ आयोजना गरेका थिए ।

‘लुटेरा’ले अझै सोचे अनुरुप लुटन सकेको छैन

अभिनेता निखिल उप्रेतीको बक्स अफिस टकराव अब कमै मात्र कलाकारसँग देखिने छ । कारण, निखिलका फिल्मले करोड क्बलबमा सहजै प्रवेश पाइरहेका छन् । ‘भैरव’ फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्दा निखिलको ‘लुटेरा’ले पनि यस्तै हारहारीको व्यापार एक सातामा गरिसकेको छ ।

फिल्मले करिब १ करोड ६५ लाख ग्रस कलेक्शनको आँकडा  पार गरिसकेको वितरक तथा निर्माता गोपाल कायस्थको छ । बलिउडको ठूलो फिल्मसँग जुध्दा पनि निखिलको साथमा निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठले अभिनय गरेको द्धन्द्ध प्रधान  यो फिल्मले गतिलो व्यापार गरेको छ ।  कात्तिक २५ गतेबाट फिल्म चलेको हो । फिल्म चलेको एक सातामा यो व्यापारलाई राम्रो मान्नुपर्छ । अर्को साता कुनै नयाँ नेपाली र हिन्दी फिल्म नभएकाले पनि बक्स अफिसमा ‘लुटेरा’ले राम्रै कमाई गर्ने लक्षण देखाएको छ । तर लगानी रिकभरका लागि भने फिल्मले तीन करोड हाराहारीको व्यापार गर्नुपर्ने हुन्छ ।

५ बर्षपछि नेपाली रजतपटमा आफ्नो कमब्याक गरेका निखिलका दुई फिल्मले हलमा दर्शक जम्मा गरेपनि रिलिज भएका दुवै फिल्मबाट निखिलले प्रशंसा कमाउन सकेका छैनन् । दुवै फिल्म विषयवस्तु वा प्रस्तुतिका कारण भन्दा पनि निखिलको क्रेजका कारण मात्र चलेका देखिन्छन् । तर निखिल वा उनलाई खेलाउने निर्माताले यही आत्मरतिमा मात्र रमाएर बसे तेस्रो चौथा फिल्मले हावा खाने सम्भावना हुन्छ । विगतमा राजेश हमाल वा निखिलकै हकमा पनि यही सत्य लागू भएको थियो ।

फिल्म क्षेत्रका सुखद तीन महिना, भदौदेखि लगातार हिट

भुकम्पपछि प्रदर्शनमा आएका नेपाली फिल्मको व्यापारलाई हेर्ने हो भने निर्माताले लामो राहतको सास  फेर्ने अवस्था आएको छ । गतबर्षको अनुपातलाई हेर्ने हो भने यो बर्ष हिट नेपाली फिल्मको संख्या बढ्ने निश्चित छ ।भदौ ४ गतेबाट ठूला फिल्म रिलिज भएको र कात्तिकको अन्त्यसम्म आइपुग्दा निर्माताले राहतको अनुभुती गर्न सक्ने अवस्था छ । भदौ महिनामा ‘होस्टेल रिटन्र्स’, ‘भैरव’, ‘लव सब’ले लगानी उठाएका थिए ।

तीन फिल्मको व्यापारले नेपाली फिल्मको कमाई दर उकासिएको थियो । असोजमा ‘वडा नम्बर ६’ ले मात्र व्यापारिक रुपमा बाजी मार्यो । तर, फिल्म हिट हुने महिनाको रुपमा असोज पनि दर्ता भयो ।कात्तिक ३ गते प्रदर्शनमा आएका फिल्ममध्ये ‘परदेशी’को आक्रामक व्यापार अझै पनि जारी छ । ‘परदेशी’ले व्यापारिक रुपमा सफलता कमाई रहदा कात्तिक २५ गतेबाट चलेको फिल्म ‘लुटेरा’ले पनि दर्शकलाई हलसम्म सोहोरेको छ । नेपाली फिल्म हेर्न दर्शकको संख्या हलमा कमै मात्र देखिएको थियो ।

एकातिर राष्ट्रियताको मुद्दा त अर्कोतिर स्टारडम र प्रचारको फाइदाले नेपाली फिल्मलाई फाइदा भैरहेको छ । मंसिरदेखि चैत्रसम्मको ५ महिनामा सर्वाधिक धेरै आशा गरिएका फिल्म प्रदर्शनको लाइनमा छन् । ती फिल्मलाई हेर्ने हो भने पनि यो बर्ष चलेका फिल्मको संख्यामा वुद्धी हुनेछ ।यस्तो, अवस्थामा नेपाली फिल्मको बजारलाई विगार्न खोज्नेहरुबाट सावाधान रहनुपर्ने जरुरी छ ।

सलमान खानको फिल्मले एक दिनमै १ करोड २५ लाखको व्यापार गर्दा पनि नेपाली फिल्म ‘लुटेरा’को व्यापार डेढ करोड पुग्नुलाई कमजोर आँकलन गर्न मिल्दैन ।फिल्मबाट भड्किएका दर्शक फेरि हलमा आउन थालेको यो अवस्थामा कमजोर बिषयवस्तु र सस्तो प्रचार रोज्नेहरुबाट भने सावधान रहन जरुरी छ ।

फेरि पुराना कलाकारकै भर

फिल्म क्षेत्र फेरि यतिबेला पुराना कलाकार र निर्माताको भरमा पर्न थालेको छ । नयाँ कलाकार तथा मेकरको बलमा फिल्म क्षेत्र गतिलो तबरले अगाडि बढेन । निखिल उप्रेती, विराज भट्ट, सरोज खनाल हराए । झरना थापा, रेखा थापा जस्ता कलाकारले कम फिल्म खेल्न थाले । फिल्म क्षेत्रमा आर्यन सिग्देल, जीवन लुइटेल, केकी अधिकारी, प्रियंका कार्की जस्ता कलाकारको हालिमुहाली बढ्न थाल्यो ।
तर, यी कलाकारले फिल्म क्षेत्रलाई उभो लगाउन सकेनन् । बर्षमा अफर आएका सबै फिल्म खेल्ने, दिनहु टीभी र सार्वजनिक कार्यक्रमदेखि बाटोमा देखिने यी कलाकारलाई दर्शकले पत्याउँदै पत्याएनन् सकेनन् । जसका कारण फेरि अब पुराना कलाकारले नै फिल्म क्षेत्र धान्नु पर्ने अवस्था आएको देखिन्छ ।अभिनेता निखिल उप्रेती फर्केसँगै अहिले बजारमा उनको मात्र चर्चा हुन थालेको छ । ३ महिनाको अन्तरमा निखिलका २ वटा फिल्म रिलिज भए । दर्शकले उनलाई हलमा बोके, सम्मान दिए र फर्केकोमा धन्यवाद दिए । यस्तो अवस्था नयाँ कलाकारमा खासै देखिएन ।

अभिनेता विराज भट्ट पनि फर्कने तयारीमा छन् । अभिनेत्री रेखा थापा आफै फिल्म निर्माणमा हात हालेर बर्षमा एउटा फिल्म हिट दिन तल्लिन छन् । अभिनेत्री झरना थापा ‘ए मेरो हजुर २’ बाट निर्देशक बन्दैछिन् भने लामो समय फिल्म मेकिङबाट हराएकी अभिनेत्री करिश्मा मानन्धरले ‘फागु’ बनाइसकेकी छिन् ।अभिनेता सरोज खनाल पनि अमेरिकाबाट फर्केर फिल्म अभिनयमा व्यस्त छन् । उनी पनि चाडै फिल्म बनाउने तयारीमा छन् ।

अभिनेता रमेश उप्रेती हुन् वा अभिनेत्री गौरी मल्ल, अमेरिकाबाट फर्केर फिल्म क्षेत्रमा व्यस्त छन् । दर्शकले नयाँ कलाकार भन्दा पुरानालाई नै माया दिएका छन् । केही अभिनेत्री वा अभिनेता संख्यात्मक फिल्ममा ज्यादा देखिएर आफूलाई स्टार भएको भ्रम पालिरहेका छन । तर, हलमा उनीहरुलाई हेर्ने दर्शकको संखया छैन भने पनि हुन्छ । झन्, धेरै अभिनेता र अभिनेत्री त फेसबुकका लागि मात्र अभिनयमा लागेको देखिन्छ । यस्तो अवस्थामा नेपाली फिल्म फेरि पुरानै कलाकारको काँधमा फर्किएको छ ।


‘परदेशी’को कमाई साढे ३ करोड

नेपाली फिल्मका निर्माताहरु फिल्म जुध्ने वित्तिकै  सकियो जस्तो गरेर हल्ला गर्छन् । तर फिल्म राम्रो भए  जतिसुकै प्रतिस्पर्धी फिल्म भएपनि केही फरक पर्दैन । ‘परदेशी’ले यही दृष्टान्त पेश गरेको छ ।

कात्तिक ३ गते आफ्ना अन्य २ प्रतिस्पर्धी फिल्मसँग जुधेको थियो ‘परदेशी’ । नारायण रायमाझीको निर्देशनमा राजेश वंशलले निर्माण गरेको यो फिल्मलाई कात्तिक ५ मा गोपिकृष्ण मुभिजको बहु प्रचारित फिल्म ‘ठमेल डट कम’ले टक्कर दिन आएको थियो । तर, कात्तिक ३ मा आएका ‘अधकट्टी’, ‘सुश्री’ र कात्तिक ५ मा आएको ‘ठमेल डट कम’को व्यापार कमजोर बन्यो । तर, ‘परदेशी’अझै पनि हलमा लागिरहेको छ ।

कात्तिकमा २८ दिन चल्दा फिल्मले काठमाण्डौबाट मात्र डेढ करोडको ग्रस व्यापार गरेको वितरक सुनिल मानन्धरको भनाई छ । काठमाण्डौ बाहिरका हलबाट भने यो फिल्मले २ करोडको ग्रस व्यापार गरेको वितरक नरेन्द्र महर्जन बताउँछन् । फिल्मले साढे ३ करोडको व्यापार गरिसकेको छ ।प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्काको मुख्य भूमिका रहेको यो फिल्मको गीत र कथालाई रुचाइयो । परदेशीको व्यापार गोर्खापल्टनको भन्दा धेरै रहेको निर्माताको दाबी छ ।

आयो ‘फागु’ टिजर र गीत : छवि ब्यानर बाहिर शिल्पालाई चुनौति !

अभिनेत्री शिल्पा पोख्रेलले पहिलो पटक निर्माता छविराज ओझाको भन्दा बाहिरी ब्यानरमा काम गरेकी छिन् । लामो समयपछि अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा शिल्पा शिर्ष भूमिकामा छिन् । शिल्पाका लागि यो फिल्म चुनौती पनि छ । निर्माता छविराज ओझाको ब्यानर पाएर शिल्पाको फिल्म चलेको भन्नेहरु पनि छन् । यसैले, करिश्माका लागि त ‘फागु’ चुनौती छ,नै  शिल्पाका लािग पनि कम छैन ।

छठ पर्वको अवसर पारेर फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको छ । ट्रेलरमा शिल्पा हाबी छिन् । फिल्ममा शिल्पालाई नव अभिनेता सुवास पराजुलीले साथ दिएका छन् । राजेश हमाल र गौरी मल्ल पनि फिल्ममा देखिएका छन् ।फिल्म फागुन ७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको एक गीत पनि ट्रेलरसँगै सार्वजनिक गरिएको छ । ‘दुई आ“खा चार भो’ बोलको गीतलाई बसन्त सापकोटाले मिठो  संगीत भरेका छन् ।

                 
  दयाराम पाण्डेको शब्द, प्रल्हाद तिमिल्सिना र मीना निरौलाको स्वर यो गीतमा छ । छविराज ओझालाई शिल्पाले छाडेर करिश्मासँग काम गरेपछि उनी र छविको सम्बन्धमा दरार आएको चर्चा पनि चलेको थियो । तर, शिल्पाको यसै बर्ष छविको ब्यानरमा अभिनय गरेको फिल्म ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदैछ ।
(स्रोत फिल्मी खबर)

‘बागमती’ राष्ट्रको गौरव होः शिव श्रेष्ठ

'
पुराना नायक शिव श्रेष्ठ धेरै बर्षको अन्तरालपछि चलचित्रमा पुनरागमन गर्दैछन् । उनको अभिनय समेटिएको पछिल्लो चलचित्र ‘बागमती’ रिलिजको क्रममा छ । पौष २४ बाट दर्शकमाझ आउँदै गरेको यो चलचित्रको बारेमा बोल्दै नायक श्रेष्ठले ‘बागमती’बाट आफुले धेरैकुरा सिक्ने मौका पाएको बताएका छन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले आजसम्म खेलेका हरेक चलचित्र भन्दा ‘बागमती’ धेरै उत्कृष्ट बनेको भन्दै दक्षिण भारतिय निर्देशक सन्नि केरलाको खुलेर तारिफ गरे ।



‘सन्निजस्तो निर्देशक १५ बर्ष पहिले नेपालमा आईदिएको भए आजको शिव श्रेष्ठ यो स्थानमा नै रहने थिएन, उनले ठोकुवा गर्दै भने, ‘ बागमती रिलिजपछि नेपालका हरेक निर्देशकले यो चलचित्र हेरेर केहि कुरा सिकुन् ।’ चलचित्र बागमतीलाई राष्ट्रको गौरवको रुपमा लिंदै नायक श्रेष्ठले नेपाली भाषा नै नबुझेको मान्छेले यहाँका निर्मातादेखी कलाकारहरुसँग सहकार्य गर्दै तयार गरेको यो चलचित्रले चलचित्र उद्योगको ‘ट्रेण्ड’लाई नै परिवर्तन गरिदिने दाबी गरे ।


 नेपालमा धेरै चलचित्र बनेका तथा धेरै निर्देशक जन्मेका भएपनि खासै जम्न नसकेको उदाहरण पेश गर्दै यी सम्पुर्णको भिडमा निर्देशक सन्नि केरला बिल्कुलै फरक मान्छे भन्दै उनलाई राष्ट्रले सम्मान गर्नुपर्ने समेत बताएका छन् ।नयाँ कामको लागी हरेक मान्छे नयाँ रहने भन्दै एक्शन नायक श्रेष्ठले ‘बागमती’लाई आफ्नो कमब्याक चलचित्रको रुपमा धेरैले बुझेपनि आगामी दिनमा यो उद्योगबाट कहिल्यै टाढा नहुने बताए । सामाजिक सन्देश बोकेको ‘बागमती’ हरेक नेपालीले हेर्नैपर्ने भन्दै उनले रिलिजपछि पनि यो चलचित्रको व्यावसायिक पाटोलाई भन्दा पनि बढी यसको विषयबस्तु र प्रस्तुतीकरणलाई नजिकबाट नियाल्न आग्रह समेत गरेका छन् । (स्रोत फिल्मी खबर)



रेखा पोखरा हिँड्दा समस्यामा ‘कबड्डी कबड्डी’

मंसिर ११ गते शुक्रबार आउँदै गर्दा पर्दामा राम्रो भिडन्त हुँदैछ, दुई चलचित्र ‘कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’बीच । सुरुवातमा ‘कबड्डी कबड्डी’ मात्र आउने कुरो भएपछि अचानक सोही मितिमा छायाँकनको लामो समयपछि पर्दामा आउँदै गरेको सोभित बस्नेत निर्दे्शित ‘जाउँ हिँड पोखरा’ आउने फाईनल भएको थियो । जसले हल व्यवस्थापनमा ‘कबड्डी’ सिक्वेललाई राम्रो टकराव दिने निश्चित भएपछि निर्माण युनिट तनाबमा छ ।


वितरण कम्पनि पपकर्नले कबड्डी सिक्वेललाई वितरणको जिम्मा लिएको छ भने अर्को चलचित्र ‘जाउँ हिँड पोखरा’लाई मोफसलका हलहरुमा पकड जमाएको एफडी कम्पनिले वितरण गर्दैछ । जहाँ ‘जाउँ हिँड पोखरा’ले ८० बढी हल पाउने खबर आईरहँदा ‘कबड्डी कबड्डी’ले २० बराबर पनि हल नपाउने निश्चित देखिएको छ । जसले गर्दा यो चलचित्रको टिम मल्टिप्लेक्समा मात्रै सिमित हुने त हैन भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।
         

हिट चलचित्र ‘कबड्डी’को सिक्वेलको कारण र सार्वजनिक ट्रेलरका कारण चलचित्रलाई पर्खिने धेरै दर्शक पाईएपनि हल नै कम पाउने निश्चित भएपछि फरक धार दाबी गर्ने टिमले बनाएको चलचित्र समस्यामा पर्ने देखिएको हो । पुराना निर्माता तथा चलचित्रकर्मीको अस्तित्वलाई नै अस्विकार गर्ने ‘कबड्डी कबड्डी’ टिमले हल नपाउनुलाई पनि यसैको परिणामको रुपमा लिन थालिएको छ । मल्टिप्लेक्समा भने ‘कबड्डी कबड्डि’को राम्रो छाप पर्ने देखिन्छ तर ‘जाउँ हिँड पोखरा’ले भने मल्टिप्लेक्सहरुमा अबसर पाउने संभावना छैन् ।


 ‘जाउँ हिँड पोखरा’ मा रेखा थापा र जीवन लुईंटेल लिड रोलमा छन् भने ‘कबड्डी कबड्डी’मा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ लगायतको अभिनय छ । यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । तर हल धेरै पाउँदैमा दर्शक ओहिरिन्छन भन्ने चाहीं छैन्, त्यसैले धैरै र थोरै हल पाउने चलचित्रमा कुन चलचित्रले बाजी मार्छ त्यो भने रिलिजको केहि दिनमा नै थाहा हुनेछ । (स्रोत फिल्मी खबर)






‘चकलेट’ले पाल्ने भो अनाथ बालबालिका


अभिनेत्री पूजना प्रधानले निर्माण गरेको फिल्म ‘चकलेट’ मंसिर १८ गतेबाट चल्दैछ । आम फिल्मले झैं यो फिल्मले द्धन्द्ध र प्रेमको वासी कथा पस्कने छैन । सडक बालबालिकाको कथामा बनेको यो फिल्मले सन्देश दिनेछ । हाँस्य कलाकार निर्मल शर्माले पहिलो पटक निर्देशनमा हात हालेकाले पनि उनका लागि विशेष चुनौती बनेको छ यो फिल्म । यो फिल्मले जति कमाएपनि त्यो रकम च्यारेटीका लागि खर्च हुने भएको छ । अभिनेत्री तथा निर्मात्री पूजना प्रधानका अनुसार फिल्मबाट उठेको रकमले काठमाण्डौमा भवन र कक्षा १० सम्म ५० जना विद्यार्थीले पढ्न सक्ने स्कुल बनाइनेछ ।पूजनाले ५० जना अनाथ तथा असाहय बालबालिकालाई पढाउने, खुवाउने र पाल्ने जिम्मा लिन लागेको बताइन् ।



चकलेटको ट्रेलर हेर्नुस् 
यसैले पनि फिल्म जति धेरै दर्शकले हेर्छन् त्यती नै पुण्य कामका लागि खर्च हुने पुजनाको भनाई छ ।फिल्म भित्र पूजनाको साथमा आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतका कलाकारको भूमिका छ । केही बालबालिका अहिले नै पूजनाको साथमा छन् । केही बालबालिकालाई भने उनीहरुको अवस्था हेरेर राखिने पूजनाले बताइन् ।  (स्रोत फिल्मी खबर)

आधा पेजमा केटाको पछि लागीन रिस्ता

फिल्म आधा पेजमा रिस्तालाई केटा क्रेजी युवतीको भूमिकामा देख्न पाइने भएको छ । बिहीबार राजधानीमा सार्वजनिक फिल्मको ट्रेलरमा रिस्ताको यस्तो स्वरुप देखाईएको हो । सोही अवसरमा फिल्मको रिलिज मिति पनि सार्वजनिक गरियो । फिल्म पौष १० गतेबाट देशभरका करिब ६० वटा हलमा लाग्ने भएको छ ।

फिल्मको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माता लिलाबहादुर न्यौपानेले प्रदर्शन मितिको बारेमा बताएका हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्मका निर्देशक समुन्द्र भट्ट हुन् । तर, फिल्मलाई निर्देशक शोभित बस्नेतले पुरा गरेका थिए । निर्देशक भट्ट विदेश हानिएपछि शोभितले फिल्म पुरा गरेका हुन् । सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्रपाठी फिल्मका मुख्य कलाकार हुन् ।

लीलाबहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपाने निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता भने रुपक न्यौपाने हुन् । कार्यक्रममा फिल्मका मुख्य कलाकार सलोन बस्नेतले आधा पेज राम्रो बनेको बताए । उनले त्रिकोणात्मक प्रेम कथामा बनेको यो फिल्ममा आफू चुलबुले यूवकको भुमिकामा देखिएको पनि स्पष्ट पारे । अभिनेत्री रिस्ता बस्नेतले फिल्ममा काम गर्दा रमाइलो भएको अनुभव सुनाइन् ।

नयाँ अनुहार रुपेश न्यौपानेले फिल्मको कथावस्तु राम्रो भएको र पहिलो पटक काम गर्दा आफूलाई विश्वास अझ बढेको बताए । आकाश बुढाथोकीको कथा रहेको फिल्ममा मरण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत छ । फिल्ममा इन्द्रलाल श्रेष्ठको छायांकन, सन्तोष ढकालको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन छ । (स्रोत फिल्मी खबर)


Saturday, November 14, 2015

ठमेल डट कम का गीत हरु सुन्नुस जुक बक्स मा


सुपर हिट चलचित्र 
ठमेल डट कम का गीत हरु सुन्नुस ....



माघ २९ गते रिलिज हुने चलचित्र 'प्रेम गीत' को अडियो म्युजिक लन्च गरियो / २९ माघ मा हुने भो तीन फिल्म को भिडन्त

पोखरामा आयोजित एक फुटबल प्रतियोगिताको माहोलमा अडियो म्यूजिक लन्च गर्दै प्रेम गीत यूनिटले फिल्मको फष्टलुक पोष्टर पनि रिलिज गरेको छ ।


आउँदो भ्यालेन्टाईन्स् डे लक्षित  गर्दै प्रर्दशन हुन लागेको उक्त फिल्म सहित थप दुई फिल्म क्लासिक र चलेछ बतास सुस्तरी पनि रिलिज हुने भएकाले  प्रचार प्रसारलाई तीब्र बनाउँने गरी प्रेम गीत यूनिटले उक्त माहोलमा फष्टलुक रिलिज गरेको जनाएको छ ।

यस फिल्ममा सरोज खनाल, लक्ष्मी  गिरी र रुपा राना जस्ता चिर परिचित कलाकारहरु पनि प्रमुख भूमिकामा छन् तर पोष्टरमा चाँहि हिरोइन पूजा शर्मा र हिरो प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ ।

प्रदीप फिल्म नगरीका लागि नयाँ हिरो  हुन भने पुजा स्थापित हुने क्रममा रहेकी नयाँ हिरोइन नै  हुन भन्दा फरक पर्दैन । निर्देशक सुर्दशन थापाको भनाई दोहर्याएर लेख्ने हो प्रदीपलाई आर्यन सिग्देल जस्तै स्टार बनाउँने गरी प्रेम गीतको  निर्माण भएको छ ।
(फिल्मको अडियो सिडी लन्च गर्दै मदनकृष्ण श्रेष्ठ, निर्देशक थापा, हिरो हिरोइन तथा निर्माता सन्तोष सेन, संगीतकार अर्जुन पोखरेल,चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई, धिरेन शाक्य लगायत अन्य कलाकारहरु जर्सी पहिरनमा)
मेरो एउटा साथी छ बाट आर्यन सिग्देल लाई लिएर फिल्म निर्देशनमा उत्रिएका निर्देशक थापाले आर्यन संगको ईगो हर्टका कारण प्रदीपलाई यस फिल्मको हिरो बनाएको बताईन्छ ।

सन्दर्भ र प्रतिष्पर्धा कति सम्मको रोचक हुने देखिन्छ भने प्रेम गीत रिलिज हुनै दिनै आर्यनको पनि होम प्रोडक्सनको फिल्म क्लासिक रिलिज हुनेछ । यस्तै सो मितिमा आर्यन भर्सेस सुर्दशन थापाको टिम मात्र नभई चलेस बतास सुस्तरीको टिमले पनि आफ्नो प्रतिष्पर्धीका रुपमा सुर्दशन थापाको टिमलाई हेरेको हामीले बझेका छौ ।
तपाईंको नजर कता प्रेम गीतको  टिजर  



उता आर्यनका कारण क्लासिक टिमसंग सुर्दशनको टिमको  सम्बन्ध विग्रिएको छ भने यता चलेछ बतास सुस्तरी र  सुर्दशन थापासंग केही पर्सनल प्रब्लम छ त्यसैले माघ २९ को लडाई केबल ब्यावसायिक मात्र नभई जुंगाको लडाई पनि हुन सक्ने  हाम्रो ठम्याई छ ।

प्रेम गीतको अडियो जुक बक्समा  एक पटक नजर लगाउनुस् , सुन्नुस् मनै छुने गीत हरु