Popular Posts

Sunday, January 31, 2016

`लक्ष्य` मा सविन दिलको दैलो टेक्दै




‘लक्ष्य’ फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ । अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचिएको हो ।                     
             
केही समयअघि उदितनारायणले गाएको ‘कुन बेला आइ बस्यौ मनको मझेरीमा’ बोलको ‘लभ सङ’ सार्वजनिक गरेको ‘लक्ष्य’ युनिटले केही समयपछि ‘नाची दिन्छु दामी छमछमी ’बोलको ‘आइटम सङ’ बजारमा ल्याउने योजना बनाएको छ । प्रोमो सार्वजनिक भएदेखिनै चर्चामा रहेको ‘लक्ष्य’का गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् ।  

हेर्नुस अनी सुन्नुस्  यसै फिल्म को ‘कुन बेला आइ बस्यौ मनको मझेरीमा’ बोलको लभ सङ जो केही हप्ता अघी रिलिज भएको थ्यो , जस्मा उदित नारायणले स्वर दिएका छन   ----->

फिल्ममा सबिन श्रेष्ठ, सारिका केसी, अनु् शाह, सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतापलगायतले अभिनय गरेका छन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मको स्क्रिप्ट सुसील पंगेनीले लेखेका हुन् ।


'प्रेम गीत' को कभर गीत लाई विश्वभर बाट ५५९ ले गाए

फिल्म ‘प्रेम गीत'को ‘म यस्तो गीत...' बोलको गीतको कभर गीत ५५९ जनाले गाएका छन् । ५५९ वटा भिडियो आजबाट निर्माण कम्पनी आशुसेन फिल्मस्को युटुब च्यानलमा अपलोड गरिएको छ । यी भिडियो मध्येबाट सर्वाधिक धेरै हेरिएका भिडियोबाट १० वटा भिडियो छनोट गरिनेछ ।

यस्तै, उत्कृष्ट भैकन पनि भिजिटर कम भएका भिडियो मध्येबाट ५ वटालाई वाइल्र्ड कार्ड इन्ट्रीका माध्यमबाट उत्कृष्ट १५ मा लगिनेछ । यी मध्येबाट संगीतकार अर्जुन पोख्रेल, गायिका अञ्जु पन्त र गायक सुगम पोख्रेलको  निर्णायक मण्डलले एक जनालाई उत्कृष्ट छान्नेछ । जसले कलर्स मोबाइलको तर्फबाट नगद एक लाख पुस्कार र आशुसेन फिल्मस्को आगामी फिल्ममा गीत गाउने अवसर पाउनेछन् । फागुन ८ गते वृहत सांगीतिक कन्सर्टको आयोजना गरेर उत्कृष्ट छानिने काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइयो । आशुसेन फिल्मस्को आधिकारीक युुटुब च्यानल बाहेकका च्यानलबाट अपलोड गरिएका भिडियोलाई मान्यता नदिइने निर्माता सन्तोष सेनले बताए ।


माघ २९ गतेबाट नेपालभर रिलिज हुने यो फिल्ममा पूजा शर्मा र प्रदिप खड्का मुख्य भूमिकामा छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेन यसका निर्माता हुन् ।
हेर्नुस् 'प्रेम गीत' को कभर गीत  ------>>

पारसले गरे `च्याम्पिएन` ट्रेलर सार्वजनिक/फागुन १४ गतेबाट अल नेपाल रिलिज हुने


फागुन १४ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘च्याम्पिएन’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ट्रेलर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको हातबाट सार्वजनिक गराइएको हो ।

वीवी फुयाँलको निर्देशनमा बनेको यो फिल्मलाई कृष्ण पोखरेलले प्रस्तुत गरेका हुन् । फिल्ममा दीक्पाल कार्की, मन्जिता केसी मुख्य भूमिकामा छन् ।क्रिकेटरको कथा बोक्ने फिल्म भएकाले पनि आफू कार्यक्रममा उपस्थित भएको पारसले बताए । उनले हरेक खेलकुदलाई समेट्ने बिषयमा फिल्मको निर्माण हुन जरुरी रहेको जानकारी दिए ।    

निर्देशक वीवी फुयाँलले फिल्म ‘च्याम्पिएन’को कथाले हरेक नेपालीलाई जोड्ने बताए । कलाकार दीकपाल कार्कीले फिल्मको कथामा काम गर्न आफ्ना लागि गाह्रो र चुनौती दुबै भएको जानकारी दिए । एक यूवकमा देखिएको क्रिकेटप्रतिको मोह र उसले गर्ने संघर्षलाई फिल्मले पर्दामा उठान गरेको छ ।

हेर्नुस् च्याम्पिएन को ट्रेलर  --------->>


आर्यनको ‘आवेग’लाई सेन्सर बोर्डले दियो ‘पीजी’, एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने

ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’मा । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ‘नाईके र अलबिदा’ले उनलाई झट्का दिइसकेका छन् । उनै आर्यन अब फिल्म ‘आबेग’ मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् ।

चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । निर्देशक बसन्त निरौलाका अनुसार यो फिल्ममा समावेश एक्सनका कारण यसलाई हेर्नका लागि बालबालिकाले बाबु आमा पनि लैजानु पर्नेछ ।

साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यवसायिक बनाइएको बसन्तले बताए । सूर्य कार्कीको  प्रस्तुतीमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् ।
 हेर्नुस् ट्रेलर  -------------------->>

समिक्षक ले नचाखी नहुने भनी समिक्षा गरेको ‘पशुपति प्रसाद’ ले दुई दिनमा कती कमायो ? - बक्स अफिस

समिक्षकको राम्रो तारिफ पाएको चलचित्र ‘पशुपति प्रसाद’ले शुक्रबार र शनिबार देशभरका हलमा औषत व्यापार गरेको छ । चलचित्रले २ दिनमा देशभरका करिब ६० पर्दाबाट ४२ लाखको ग्रस कलेक्शन गरेको वितरक पपर्कन पिक्चर्सले जानकारी दिएको छ । पपकर्नका एक सदस्य माधव वाग्लेका अनुसार चलचित्रले काठमाण्डौमा २ दिनमा २५ लाख र काठमाण्डौ बाहिरबाट १७ लाखको कमाई गरेको छ । यो व्यापार आशा गरेको भन्दा धेरै कम हो ।

काठमाण्डौका मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा शनिबार बेलुकीबाट व्यापार केही माथि देखिएको माधवको भनाई छ । उनले काठमाण्डौ बाहिर पनि शनिबार सबै ठाउँमा उही खालको व्यापार भएको बताए । उनले भने-‘कुनै शहरमा राम्रो र कुनैमा नराम्रो भन्ने छैन । हरेक स्थानमा उस्तै व्यापार छ ।’

आइतबारबाट चलचित्रको व्यापार माउथ पब्लिसिटीका कारण केही बढ्ने अपेक्षा वितरण कम्पनीको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीको मुख्य भूमिका छ ।


हेर्नुस्  ट्रेलर --------------->>        
                                        


फेसबुक नचलाऊने सौगात को प्रेम फेसबुक बाट छर्लङ्ग

फिल्म क्षेत्रमा जमिरहेका अभिनेता सौगात मल्लको गोप्य सम्बन्ध एक मोडलले सार्वजनिक गरिदिएकी छिन् । मोडलिङमा खास नजमेकी सोनु केसीले सौगातसँग आफू र आफ्ना साथीहरू भएका तस्बिर फेसबुकमार्फत सार्वजनिक गरिरहेकी छिन्।


कतै सौगातसँग सेल्फी लिइएका तस्बिर छन् भने कतै उनीहरूकै रुममा सौगात पनि रहेको तस्बिर छन्। बेडरुममा रहेको उनीहरूको तस्बिरमा समेत फोटोग्राफर सौगात मल्ल भनेर उल्लेख गरिएको छ । सार्वजनिक गर्नेको कतिसम्म नियतमा खोट देखिन्छ भने आफ्नै रुममा सौगातसँग रहेको तस्बिर केही पत्रकारलाई समेत ट्याग गरिएका छन्। सोनीले आफैँ पनि आफ्नो फेसबुकमा सौगातसँग खिचेको सेल्फीलाई प्रोफाइल पिक्चर बनाएर राखेकी छिन्।

जसमा उनको एकदमै मिल्ने साथी मोडल सुजना ढकालले 'ल बधाइ छ है' भनेर प्रतिक्रिया जनाएकी छिन् । दुई हप्ताअघि प्रदर्शन भएको फिल्म 'फन्को'मा सौगात प्रमुख भूमिकामा छन् । यो फिल्म रिलिज हुनुअघिदेखि नै यसको प्रमोसनमा सोनी पनि सक्रिय देखिएकी थिइन् । एक महिनाअघिदेखि नै 'फन्को'को पोस्टर सोनीको फेसबुकमा कहिले कभर फोटो त कहिले प्रोफाइल पिक्चरका रूपमा देखिएको थियो । सोनीले यतिबेला आफ्नो साथी–सर्कलमा सौगातलाई आफ्नो 'ब्वाइफ्रेन्ड' भन्दै चिनाइरहेको पनि बुझिएको छ।

स्रोतका अनुसार राजधानीस्थित पेप्सीकोलामा रहेको सोनीको रुममा सौगातको आउजाउ निकै बढिरहेको छ । सौगातको नाम फिल्मवृत्तमा पहिलोपल्ट सोनीसँग जोडिए पनि सोनीको भने दुईजना फिल्मकर्मीसँग यसअघि नै सम्बन्ध रहेको चर्चा थियो । सोनीले सौगातसँग आफ्नो हिमचिम रहेको आशय दर्शाउने तस्बिर सार्वजनिक गरेपछि फिल्म वृत्तमा ठट्टा भइरहेको छ, 'सोनीले कसरी फसाइन् सौगातलाई ?'

नेपाली रजतपटमा अर्खी नम्रताको आगमन

अभिनेत्री नम्रता श्रेष्ठको नाम गरेकी अर्की अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी छिन्। निर्देशक सुरज भुसालले निर्देशन गर्न लागेको तेस्रो फिल्म 'गाँठो'मा आवद्ध भएकी यी नम्रता श्रेष्ठलाई कलाकारहरु नाजिर हुसेन र अभय बरालले फिल्ममा साथ दिएका छन्।

पारिवारिक र लभ स्टोरीमा आधारित 'गाँठो'को सुटिङ भने आगामी फागुन २५ बाट पोखरा, गुल्मी र स्याङ्जा लगायत स्थानमा हुने जानकारी निर्देशक भुसालले दिए। 'पारिवारिक पृष्ठभूमिमा आधारित लभ स्टोरी फिल्मको कार्यशाला चलिरहेको छ । कलाकारहरुको कार्यशाला र अन्य तयारी सुरु भइसकेको छ,'उनले भने।

यसअघि माघको अन्तिम साताबाट रिलिज हुने भनिएको उनको दोस्रो फिल्म 'र्याग्स गाइज' अर्को वर्ष रिलिज हुने भएको छ । निर्देशक भुसालको कम्पनी बट–वाल इन्टरटेनमेन्टले 'गाँठो' फिल्म निर्माण गर्दैछ । फिल्मको सुटिङ एक महिना चल्नेछ । फिल्ममा अनुपम शर्माले संगीत दिएका छन् । पारिवारिक र लभ स्टोरीमा आधारित फिल्म भएकाले काम गर्न उत्साहित भएको हुँ । फेरि निर्देशक भुसालसँग यसअघि समेत काम गरिसकेको हुँदा काम गर्न सजिलो हुनेछ,'कलाकार नाजिर हुसेनले भने ।

  स्रोतNagariknews

कलाकार हरु नयाँ शक्तीको पोस्टर बन्न सक्ने पीर

डा. बाबुराम भट्टराई संयोजक रहेका 'नयाँ शक्ति' को घोषणामा उनीबाहेक अरू को को छन्? कतिका नाम मान्छेको दिमागमा आउँछन्? अरूको आए पनि/नआए पनि करिश्मा मानन्धर र सरोज खनालको नाम होइन, तस्बिरै दिमागमा नाच्छ होला।

किनभने, उनीहरू गिनेचुनेका फिल्मकर्मी हुन्। यसको मतलब हो, नयाँ पार्टीको प्रचारमा उनीहरू राम्रै काम आए। यी दुई वरिष्ठ फिल्मकर्मीसँगै अशोक शर्माको राजनीति प्रवेशले तरंग पनि सिर्जना गरेको छ। सबैभन्दा ठूलो तरंग फिल्म क्षेत्रमै छ। तर, फिल्म क्षेत्रमा खुशी कम संकोच बढी छ। धेरैको पीर छ– फिल्ममा जस्तै यी कलाकार पोस्टरमा मात्रै हुन् कि? किनभने, फिल्म क्षेत्रमा चलनै छ, गिनेचुनेका कलाकार फिल्ममा अतिथि भूमिकामा किन नहुन्, पोस्टरमा अनुहार राखिन्छ नै। जसले गर्दा दर्शक हलसम्म पुगून्। त्यसैले संकोच छ, यहाँ पनि यी कलाकारको भूमिका 'कार्यकर्ता' पार्टीसम्म मात्रै पुर्याचउने त होइन?

यी संकोचका पछाडि केही ताजा घटना छन्। अघिल्लो चुनावमा अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसीको तस्बिर राजनीतिक दलले प्रचारको 'पोस्टर'मा मात्रै टाँसे। पछि चुनावमा दुइटैको भूमिका फिल्ममा जस्तै अतिथिमात्रै देखियो! रेखाले प्रत्यक्ष निर्वाचनमै टिकट पाउने बताइयो। उनले प्रचार पनि गरिन्। पछि 'प्राविधिक पर्योन' भनियो। रेखा अलपत्र परिन् र केही महिनामै उनले टिकट नदिने पार्टी एमाओवादी परित्यागै गरेको घोषणा गरिन्। यसैले बुझाउँथ्यो, कारण प्राविधिक थिएन। फिल्म क्षेत्रले नै बाठी भनेर स्विकारेको रेखालाई यिनै नयाँ शक्तिका अध्यक्ष रहेका डा. भट्टराई भएकै पार्टीले 'नचाएको' थियो। उता समानुपातिकमा रहेका अभिनेता केसी एमालेको चुनावमा भोट माग्न पूर्वपश्चिम गरे। तर, सांसद् हुने उनको चाहना चाहनैमा सीमित भइदियो।

संकोचहरू प्रकट भइररहेका छन्, यसपल्ट परेको बेला उपयोग गर्ने राजनीतिज्ञको रणनीतिमा करिश्मा र सरोज खनाल फसेका त होइनन्? कतै नयाँ राजनीतिक पार्टीको 'प्रचार सामग्री' मात्रै बन्ने त होइनन् उनीहरू?

 स्रोतNagariknews

Sunday, December 6, 2015

सांगीतीक क्षेत्रमा चर्चा कमाउदै हेमन्त, शिशिरको बेहुला–बेहुली

-गोपाल सुवेदी



पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रतीदिन बढीरहेको छ । सुदुरपश्चिमबाट पनि सांगीतीक क्षेत्रमा थुप्रै कलाकारहरु एवम् गीत संगीतको प्रवेश भएको पाईन्छ । यतीखेर नेपाली सांगीतीक बजारमा बेहुला–बेहुली बोलको गीतले चर्चा कमाईरहेको छ । कैलालीको अत्तरियाका हेमन्त आचार्य र शिशिर आचार्यले आफ्नो पहिलो प्रस्तुतीको रुपमा केहि महिना अगाडि मात्रै बेहुला–बेहुलीलाई दर्शक एवम् स्रोता माझ ल्याएका थिए । यस गीतमा हेमन्त आचार्यको शब्द र स्वर रहेको छ भने उनकै भाई शिशिर आचार्यको संगीत रहेको छ । यो  गीत पप शैलीमा रहेको छ ।
 

 भारतमा साउण्ड ईन्जीनियरीङ अध्ययन गरेर नेपाल फर्किएका संगीतकार शिशिर अहिले काठमाण्डौमा शास्त्रीय संगीत अध्ययन गरिरहेका छन् । गायक हेमन्त पनि केहि समय भारतमै संगीत कला अध्ययन गरेर नेपाल फर्किएका हुन् । छोटो समयमै गीत मार्फत् राम्रो प्रतीक्रिया पाएपछि निकै खुसी भएको र थप उर्जा मिलेको गायक हेमन्तले बताए । सुदुरपश्चिमलाई गीत, संगीतको माध्यमबाट पनि राष्ट्रिय स्तरमा चिनाउन सकिने भन्दै गायक हेमन्तले आगामि दिनमा विभिन्न प्रकारका गीत, संगीत दर्शक एवम् स्रोता माझ ल्याउने योजना रहेको बताए । नेपाली सांगीतीक क्षेत्रमा केहि फरक पन ल्याउन आफु सधै तल्लीन रहेको बताउदै गायक हेमन्तले केहि महिना पछाडि फरक शैलीको गीत दर्शक एवम् स्रोताहरु माझ ल्याउने तयारी भईरहेको बताए ।


Saturday, November 28, 2015

दुई दिनमै 'कबड्डी कबड्डी' पुग्यो करोड क्लबमा


अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिनेमाले शनिवार बेलुकासम्म मुलुकभर १ करोड ३० लाख ब्यापार गरेको पपकर्नका प्रमुख माधव वाग्लेले दावी गरे । 

उनको भनाइ अनुसार शनिवार मल्टिप्लेक्स हलका दर्शकले पालो कुरेर फिल्म हेरेका थिए । 

रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, माओत्से गुरुङ लगायतले अभिनय गरेका छन् । कबड्डी कबड्डी मा पि्रयंका कार्कीको विशेष भूमिका रहेको छ । देश भरी थोरै हल पाएको कबड्डी कबड्डीले दुई दिनको यो व्यापार निकै उत्साहजनक मानिएको छ् । 

फेसबुकमा पोखिएको श्वेताको खुसी

गत बर्ष साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठको अकल्पनिय निधन भएसँगै पति विगोगमा परेकी अभिनेत्री श्वेता खड्काको अनुहारमा चमक आउन एक बर्षभन्दा बढी लाग्यो ।

विवाह पश्चात हनिमुनको लागी पतिसँगै भारत पुगेकी नारी देश फर्किँदा भने एक्लो प्राण सहित फर्किन परेपछि त्यो भन्दा ठूलो पीडा कुनै नारीको लागी अरु हुन सक्दैन्थ्यो । यस्तो पीडाको साँची थिईन् श्वेता ।

अब भने श्वेता विस्तारै पीडा भुलाउँदै खुसीसँग खेल्न थालेको महशुस उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका तश्विरहरुले बताउँछन् । केहि महिना पहिलेसम्म पीडा र बिरहका शब्द तथा दृश्य पोष्ट गर्ने श्वेताले अहिले भने केहि खुसीका पलहरु सार्वजनिक गर्न थालेकी छिन् ।

त्यसो त श्रीको निधनको बार्षिकीमा पनि उनले अब बिस्तारै पीडा बिर्सिँदै पहिलेकै अबस्थामा फर्कने र फिल्मी पर्दामा पनि विस्तारै आउने बोलेकी थिईन् । जसको निरन्तरता नै उनका पछिल्ला फेसबुक पोष्टहरु हुनसक्छन् ।

पछिल्लो समय दिनहुँजसो फेसबुकमा अपडेट हुने श्वेताले कहिले श्रीसँगको तश्विर पोष्ट गर्छिन् त कहिले व्याक्तिगत अनि कहिले महिला अधिकार र राष्ट्रवादका कुरा समेत पोष्ट गर्छिन् ।

श्वेताले सार्वजनिक गर्ने हरेक शब्द तथा दृश्यमा हजारौं सुभेच्छुकहरुले लाईक गर्छन् अनि प्रतिक्रिया दिँदै उनको मनलाई थप दरिलो बनाउन प्रेरित गर्छन् । धेरैले उनलाई फिल्मीपर्दामा देख्न आतुर भएको प्रतिक्रिया समेत जनाउने गरेका छन् । श्वेता सँधै हाँसिरहुन्, खुसीरहुन्, धेरै सुभचिन्तकहरुको अपेक्षा यही छ ।
स्रोत फिल्मी खबर 

`कबड्डी कबड्डी` ले गर्‍यो देशैभर हाउसफुल व्यापार


शुक्रबारबाट रिलिज भएको फिल्म `कबड्डी कबड्डी`ले दर्शकको राम्रो साथ पाएको छ । फिल्म रिलिजको पहिलो दिन देशैभर हाउसफुल भयो भने केहि हलमा दर्शकको ओफर फ्लो हुँदा प्रतिस्पर्धी नेपाली फिल्म र हिन्दी फिल्म ’तमाशा’लाई फाईदा पुग्यो ।

शुक्रबार प्राथमिकता सहित मल्टिप्लेक्समा १४ शो पायो । यो भन्दा बढि २ बर्ष पहिले रिलिज फिल्म 'छड्के’ले यो प्राथमिकता पाएको थियो । कमलपोखरीमा रहेको कुमारी हल, सिभिल मल सुन्धारा र जयनेपाल हलमा शुक्रबार १४ शो नै हाउसफुलका साथ ’कबड्डी कबड्डी’ले दर्शकको राम्रो समर्थन पाएको हो ।

पहिलो संस्करण 'कबड्डी'को जस्तो उत्कृष्ट समिक्षा भेट्न नसकेपनि फिल्म हेर्ने प्रत्येक दर्शक टिकटको लागी खर्चेको रकम सदुपयोग भएको भन्दै सन्तुष्ट देखिन्थे । दिउँसो २ बजे फिल्मीखबरकर्मी कमलपोखरीमा रहेको सिटीसेन्टर स्थित बिगसिनेमा पुग्दा यो फिल्मको लागी टिकट काट्न दर्शक लामबद्ध भएर लाईनमा बसेको भेटियो भने सडकको ट्राफिक जाम हटाउन ट्राफिक प्रहरी तैनाथ रहेको पाईयो ।

त्यस्तै कुमारी हलमा पनि धेरैपछि नेपाली फिल्म हेर्न दर्शक उर्लेको भन्दै बिशेषतः युवापुस्ताका दर्शक फिल्म हेर्नको लागी आएको हल म्यानेजर बिनोद पौडेलले जानकारी दिए ।

रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बिजय बराल, रिश्मा गुरुङ लगायत लिड रोलमा छन् । रिलिजको पूर्वसन्ध्यामा बिहिबार गरिएको प्रिमियरबाट पनि फिल्मले राम्रो समिक्षा बटुलेको थियो ।

यसैबीच काठमाडौं र उपत्यकाबाहिर हल कम पाएको यो फिल्मको शुक्रबारको बिजनेशसँगै हल थपिने निश्चित देखिएको छ । पहिलो दिन २० बढी पर्दामा मात्रै लागेको यो फिल्मको शनिबारबाटै दर्जनबढी हल थपिने निश्चित भएको बितरण कम्पनिले जनाएको छ ।

`लाटी` बन्दा मेटिएला र एटिएमको दाग ?

नेपाली फिल्म क्षेत्रमा 'एटिएम' नामको एउटा यस्तो फिल्म बन्यो जसले फिल्मकर्मी तथा दर्शकलाई लज्जित बनायो । निकै नै भल्गर संवाद र दृश्यसहित तयार भएको यो फिल्मको जति आलोचना भयो त्यतीनै आलोचनाका पात्र बने फिल्मका कलाकार । 


आलोचना खेप्ने मध्येकी एक कलाकार हुन् सविना कार्की । यो बीचमा फिल्मी पर्दामा खासै नदेखिएकी यी हिरोईनले धेरै समयपछि एउटा मौलिक कथा वोल्ने फिल्म भेटिन् ’लाटी’ जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ ।
  

मंसिर २५ मा रिलिज हुने भनिएको यो फिल्म रिलिज हुँदैगर्दा सविना यसको मुख्य केन्द्र हुनेछिन् । सविनाले 'एटिएम'मा बोलेका भल्गर संवादको ह्याङ् दर्शकमा अझै मेटिएको छैन । त्यसैले 'एटिएम'मा लागेको सविनाको गलत छबिको दाग मेट्नलाई ’लाटी’ पात्र चुनौतीपुर्ण देखिएको छ ।  

प्रशन्न रिमाल र शिशिर जय खरेल निर्मित यो फिल्ममा सविनासँगै सुजल नेपाल, रामचन्द्र अधिकारी, सुवास गजुरेल, रिभल मल्ल लगायल अभिनयमा छन् । फिल्मलाई राजबहादुर शानेले निर्देशन गरेका छन् । नेपाली समाजको यथार्थ कथा भनिएको यो फिल्मलाई महिलाप्रधान भनिएको छ ।

छुल्ठिमले फिल्म पनि खेल्ने कि ?

फिल्म 'नोभेम्बर रेन'बाट राम्रै तारिफ पाएकी कलाकार हुन्, छुल्ठिम गुरुङ । डल्ली पात्रको रुपमा उनलाई यो फिल्मले चिनाएको थियो । तर, यसपछि उनले फिल्म नखेल्ने बताउँदै आएकी छिन् । छुल्ठिम फिल्म नखेलेपनि उनको दिमागबाट फिल्म क्षेत्रको ह्याङ उत्रने छनक छैन । फिल्म नखेलेपनि अवार्डमा नृत्य गर्नेदेखि लिएर फिल्मका कार्यक्रममा पुग्नुको उनको दैनिकी हो । फिल्म खेल्दा कलाकारको चर्चा जती हुन्छ, त्यती चर्चा यस्ता खालका उपस्थितीले हुँदैन । तर, पनि छुल्ठिम आफू पनि यो क्षेत्रमा छु है भन्ने जनाउन यी काम गरिरहेकी छिन् ।


अभिनेत्री रेखा थापाकी पुरानी साथी हुन्, छुल्ठिम । यसैले पनि उनी रेखाको फिल्म 'जाउँ हिड पोखरा' हेर्न हलमा पुगेकी थिइन्, रेखासँगै । रेखाको साथमा पुगेकी छुल्ठिमले उनीप्रतीको प्रेम पनि देखाइन् । मिडियामा रेखासँगै तस्बिर खिचाइन् र दंग परिन् ।
तर, फिल्म क्षेत्रमा टिक्न र चर्चामा रहनका लागि यती मात्र काम गरेर पुग्दैन भन्ने उनलाई थाहा हुनुपर्छ । फिल्मबाट राम्रै तारिफ पाएकी छुल्ठिमले अब आफू अभिनित फिल्मको प्रिमियरमा नजिकका साथीलाई पनि बोलाउने हो कि ? होइन भने सधै यसरी चर्चा पाइन्छ भन्ने छ र ? धीरज संग डिभोर्स गरे पछी अहिले उनी आफ्नो जिवनमा स्वतन्त्र छिन् 


हिन्दी फिल्म बन्द गर्न विप्लभ माओवादीको हल सञ्चालकलाई पत्राचार

नेपालमा हिन्दी फिल्म तथा सिरियल बन्द गर्नुपर्ने भन्दै नेत्र विक्रम चन्द ’विप्लभ’ नेतृत्वको माओवादी पार्टीले 'राष्ट्रिय प्रतिरोध संघर्ष' सुरु गरेको छ । पार्टीले हरेक फिल्म हललाई पत्राचार गर्दै हिन्दी फिल्मको प्रदर्शन रोकेर राष्ट्रियताको पक्षमा उभिन र आफ्नो आन्दोलनलाई साथ दिन आग्रह समेत गरेको छ । 


फिल्मीखबरले प्राप्त गरेको उक्त पार्टीले सिनेमा हललाई पठाएको पत्रमा 'राष्ट्रिय प्रतिरोध संघर्ष'नामक आन्दोलनको कार्यक्रम अन्तर्गत भारतिय टेलिभिजन च्यानल र फिल्मको प्रदर्शन बन्द गर्ने कार्यक्रम रहेको उल्लेख छ । जहाँ हरेक फिल्म हललाई हिन्दी फिल्मको प्रदर्शन तत्काल बन्द गरेर आफुहरुको संघर्षको कार्यक्रम सफल बनाउन र आन्दोलन सफल बनाउन सघाउन आग्रह गरिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड हस्ताक्षरित पत्रमा जनता र नेपाली ईतिहासलाई माथ गर्नेगरी भारतिय विस्तारवादको हस्ताक्षेप र नाकाबन्दीको मारलाई अन्त्य गर्न र यसैको दबाब स्वरुप थालिएको संघर्षको पक्षमा उभिन फिल्म हल सञ्चालकहरुलाई समेत आग्रह गरिएको छ ।
 
यसैबीच फिल्म वितरकहरुको छाता संगठन चलचित्र संघका महासचिव मधुसुदन प्रधानले सबै हललाई पत्राचार नगरिएको र केहि नाम चलेका हलहरुलाई मात्रै ईङ्गित गरेर हिन्दी फिल्म रोक्न माग गरिएको भन्दै कुनै राजनीतिक संगठनले भन्दैमा हिन्दी फिल्मको प्रदर्शन तत्काल नरोकिने बताएका छन् । 

यदी हिन्दीबाट डबिङ गरी नेपाली टेलिभिजनहरुमा प्रशारण भईरहेका हरेक विज्ञापन रोकिन्छन् र हरेक भारतिय च्यानलहरुको प्रशारण रोकिन्छ भने त्यो समयमा मात्रै हिन्दी फिल्मको प्रदर्शन रोकिन सक्ने प्रधानले फिल्मीखबरलाई बताए । 

४ वटा फिल्म खेलेकी पूजाले आँफै लाई भनिन डेब्यु हिरोइन


प्राय पहिलो फिल्म खेल्ने अभिनेता तथा अभिनेत्रीको अगाडी डेब्यू झुन्ड्याइन्छ । यसपछि भने उनीहरूको डेब्यूको ट्याग बादलिन्छ । नयाँँ अभिनेता नयाँँ अभिनेत्री बिस्तारै पूराना हुँदै जान्छन् । कोही टिक्छन् भने कोही हराउँदै जान्छन् ।

तर, ४ वटा फिल्म खेलिसकेकी अभिनेत्री पूजा शर्मालाई भने आफू डेब्यू जस्तो लाग्न थालेको छ । कारण, उनले अभिनय गरेको फिल्म 'प्रेमगीत'मा उनी डेब्यू अभिनेत्री जस्तो देखिएकी छिन् । पूजालाई यो अनुभव अरुले भनेर भएको होइन, आफै आउन थालेको हो ।

हुनत, पूजालाई 'प्रेमगीत' डेब्यू फिल्म हो भन्दा पनि फरक पर्दैन । कारण, उनले अभिनय गरेको पहिलो फिल्म 'थ्री लभर्स'देखि 'मधुमास' हुँदै 'चंखे शंखे पंखे'सम्म आइपुग्दा सबै चिप्लिए । 

सायद, 'प्रेमगीत'को जस्तो रेस्पोन्स पूजाले यस अगाडि कहिल्यै नपाएको हुनसक्छ । डेब्यू भनेरै चिनिन चाहने हो र सफलता पाउने हो भने पूजा डेब्यू अभिनेत्री नै सहि । 

भिडियोमा आयो पूजाना र प्रदीपको प्रेम ..

फिल्म ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले फिल्मको प्रेमिल गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ भने सुगम पोखरेल र अञ्जु पन्तले गीतमा स्वर भरेका छन् । रेनशा राईले कोरियोग्राफी गरेकी हुन् । 

प्रेम दिवसको छेको पारेर माघ २९ गते रिलिज हुने फिल्मको यस गीतमा मुख्य पात्र पूजा शर्मा र प्रदीप खड्काले अभिनय गरेका छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण हुन।

राजधानीमा आयोजित प्रेसमिटमा निर्माण कम्पनीले यो गीतको कभर गीत गाएर अपलोड गर्नेहरु मध्ये उत्कृष्ट एकलाई एक लाख रुपैया पुरस्कार प्रदान गरिने जानकारी दियो ।
 





बाहिरियो आर्यन र नम्रताको ‘क्लासिक’ प्रेम



फिल्मी पर्दाको सफल जोडी मानिने आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनिय फिल्म ‘क्लासिक’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । भ्यालेन्टाईन रिलिज भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा आर्यन र नम्रता फिचर भएका  छन् । पोस्टरले सांगीतिक भाव बोल्छ ।
 


‘मेरो एउटा साथी छ’देखी ‘नोभेम्बर रेन’को हिट जोडी पुनः पर्दामा आउँदा आर्यन र नम्रताका फ्यानहरुलाई यो भ्यालेन्टाईन सुखद बन्नसक्छ । फिल्ममा आर्यन र नम्रता ब्लाइन्ड जोडीको रुपमा रहेको चर्चा छ ।

दिनेश राउत निर्दे्शित यो फिल्म सुवास ईन्टरटेन्मेन्ट र आर्यन सिग्देल ईन्टरनेन्मेन्टको संयुक्त व्यानरमा निर्माण हुँदैछ । यद्धपी ‘क्लासिक’को केहि छायाँकन अझै बाँकी रहेको निर्माता सुवास गिरी बताउँछन् । सांगितिक प्रेमकथा बोल्ने फिल्ममा राजेश श्रेष्ठको छायांकन छ भने संगीत ताराप्रकाश लिम्बुको छ ।




तीन फिल्मको संकट


दुईटा सम्म नेपाली फिल्म चल्दा धेरै जसो समयमा दुवै फिल्मले राम्रो व्यापार गरेको उदाहरण देख्न पाईन्छ । तर दुईमा एक थपिएपछि भने सके तिनै फिल्म नभएपनि दुईटा फिल्म त हावा खान्छन् नै । ‘नोटबुक’ र ‘हमेशा’, ‘स्टुपड मन’ र ‘लज्जा’, ‘नाई नभन्नूल ३’ र ‘हवल्दार सुन्तली’ सँगसँगै जुध्दा पनि चलेका फिल्म हुन् । तर तिन फिल्म चलेका बेला भने धेरै जसो समय एउटा मात्र फिल्म चलेका उदाहरण छन् ।

यही दशैंमा पनि एकै दिन तीनवटा फिल्म रिलिज भएका थिए । ‘परदेशी’, ‘अधकट्टी’ र ‘सुश्री’ । तर ‘परदेशी’ बाहेक बाँकी दुई फिल्मले हावा खाए । यसअघि ‘६ एकान ६’ ‘बितेका पल’ र ‘पराई’ रिलिज हुँदा ‘६ एकान ६’ले बाजी मारेको थियो ।

यो साल पनि दुई मितिमा तीन फिल्मको भिडन्त हुने देखिएको छ । माघ २९ र चैत्र २६ । माघ २९ मा ‘प्रेमगीत’, ‘चलेछ बतास सुस्तरी’ र ‘क्लासिक’ले रिलिज मिति घोषणा गरेका छन् भने चैत्र २६ मा ‘नाईं नभन्नू ४’, ‘रामप्यारी’ र ‘किस्मत २’ आउने चर्चा छ ।

यो पाला हेर्नुस् कसले कसलाई पछार्छ ?




`टिचर`ले नकमाएको भए शोभित हुन्थे ठन्डाराम

निर्माता तथा निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म 'जाउँ हिड पोखरा' रिलिज गर्न ५ बर्ष लगाए । फिल्मको काम रेड स्टूडियोमै थाती राखेर शोभित 'टिचर' फिल्म बनाउन हानिएका थिए । 'टिचर' ७ लाखमा बनाएर शोभितले देशभर च्यारेटी गरे र राम्रै पैसा सोहोरे । यदि, 'टिचर' नचलेको भए शोभितको शुक्रबारबाट रिलिज भयको फिल्म 'जाउँ हिड पोखरा' अझै रेड स्टूडियोमै अड्कने थियो ।फिल्मको प्रिमियरमा उपस्थित शोभितले 'जाउँ हिड पोखरा'को छायांकन सकिएसँगै पैसा पनि सकिएको खुलाएका छन् । सुटिङ सकिए लगतै पैसा पनि सकिएकाले फिल्म रिलिज गर्न शोभितले नसकेका रहेछन् । पछि 'टिचर' फिल्मबाट कमाएपछि उनले सबै तिरको पैसा तिरेर फिल्म निकाले र रिलिज गरे । नेपाली फिल्म क्षेत्रमा बाठा मात्रै नभएर ठगीको आरोप पनि खेप्दै आईरहेका निर्माता तथा निर्देशक बस्नेतको 'टिचर' नचलेको भए त करिअर नै ठन्डाराम हुने रहेछ ।