ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’मा । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ‘नाईके र अलबिदा’ले उनलाई झट्का दिइसकेका छन् । उनै आर्यन अब फिल्म ‘आबेग’ मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् ।
चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । निर्देशक बसन्त निरौलाका अनुसार यो फिल्ममा समावेश एक्सनका कारण यसलाई हेर्नका लागि बालबालिकाले बाबु आमा पनि लैजानु पर्नेछ ।
साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यवसायिक बनाइएको बसन्तले बताए । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् ।
हेर्नुस् ट्रेलर -------------------->>

No comments:
Post a Comment