फिल्म ‘प्रेम गीत'को ‘म यस्तो गीत...' बोलको गीतको कभर गीत ५५९ जनाले गाएका छन् । ५५९ वटा भिडियो आजबाट निर्माण कम्पनी आशुसेन फिल्मस्को युटुब च्यानलमा अपलोड गरिएको छ । यी भिडियो मध्येबाट सर्वाधिक धेरै हेरिएका भिडियोबाट १० वटा भिडियो छनोट गरिनेछ ।
यस्तै, उत्कृष्ट भैकन पनि भिजिटर कम भएका भिडियो मध्येबाट ५ वटालाई वाइल्र्ड कार्ड इन्ट्रीका माध्यमबाट उत्कृष्ट १५ मा लगिनेछ । यी मध्येबाट संगीतकार अर्जुन पोख्रेल, गायिका अञ्जु पन्त र गायक सुगम पोख्रेलको निर्णायक मण्डलले एक जनालाई उत्कृष्ट छान्नेछ । जसले कलर्स मोबाइलको तर्फबाट नगद एक लाख पुस्कार र आशुसेन फिल्मस्को आगामी फिल्ममा गीत गाउने अवसर पाउनेछन् । फागुन ८ गते वृहत सांगीतिक कन्सर्टको आयोजना गरेर उत्कृष्ट छानिने काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइयो । आशुसेन फिल्मस्को आधिकारीक युुटुब च्यानल बाहेकका च्यानलबाट अपलोड गरिएका भिडियोलाई मान्यता नदिइने निर्माता सन्तोष सेनले बताए ।
माघ २९ गतेबाट नेपालभर रिलिज हुने यो फिल्ममा पूजा शर्मा र प्रदिप खड्का मुख्य भूमिकामा छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेन यसका निर्माता हुन् ।
हेर्नुस् 'प्रेम गीत' को कभर गीत ------>>

No comments:
Post a Comment