Popular Posts

Sunday, January 31, 2016

`लक्ष्य` मा सविन दिलको दैलो टेक्दै




‘लक्ष्य’ फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ । अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचिएको हो ।                     
             
केही समयअघि उदितनारायणले गाएको ‘कुन बेला आइ बस्यौ मनको मझेरीमा’ बोलको ‘लभ सङ’ सार्वजनिक गरेको ‘लक्ष्य’ युनिटले केही समयपछि ‘नाची दिन्छु दामी छमछमी ’बोलको ‘आइटम सङ’ बजारमा ल्याउने योजना बनाएको छ । प्रोमो सार्वजनिक भएदेखिनै चर्चामा रहेको ‘लक्ष्य’का गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् ।  

हेर्नुस अनी सुन्नुस्  यसै फिल्म को ‘कुन बेला आइ बस्यौ मनको मझेरीमा’ बोलको लभ सङ जो केही हप्ता अघी रिलिज भएको थ्यो , जस्मा उदित नारायणले स्वर दिएका छन   ----->

फिल्ममा सबिन श्रेष्ठ, सारिका केसी, अनु् शाह, सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतापलगायतले अभिनय गरेका छन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मको स्क्रिप्ट सुसील पंगेनीले लेखेका हुन् ।


'प्रेम गीत' को कभर गीत लाई विश्वभर बाट ५५९ ले गाए

फिल्म ‘प्रेम गीत'को ‘म यस्तो गीत...' बोलको गीतको कभर गीत ५५९ जनाले गाएका छन् । ५५९ वटा भिडियो आजबाट निर्माण कम्पनी आशुसेन फिल्मस्को युटुब च्यानलमा अपलोड गरिएको छ । यी भिडियो मध्येबाट सर्वाधिक धेरै हेरिएका भिडियोबाट १० वटा भिडियो छनोट गरिनेछ ।

यस्तै, उत्कृष्ट भैकन पनि भिजिटर कम भएका भिडियो मध्येबाट ५ वटालाई वाइल्र्ड कार्ड इन्ट्रीका माध्यमबाट उत्कृष्ट १५ मा लगिनेछ । यी मध्येबाट संगीतकार अर्जुन पोख्रेल, गायिका अञ्जु पन्त र गायक सुगम पोख्रेलको  निर्णायक मण्डलले एक जनालाई उत्कृष्ट छान्नेछ । जसले कलर्स मोबाइलको तर्फबाट नगद एक लाख पुस्कार र आशुसेन फिल्मस्को आगामी फिल्ममा गीत गाउने अवसर पाउनेछन् । फागुन ८ गते वृहत सांगीतिक कन्सर्टको आयोजना गरेर उत्कृष्ट छानिने काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइयो । आशुसेन फिल्मस्को आधिकारीक युुटुब च्यानल बाहेकका च्यानलबाट अपलोड गरिएका भिडियोलाई मान्यता नदिइने निर्माता सन्तोष सेनले बताए ।


माघ २९ गतेबाट नेपालभर रिलिज हुने यो फिल्ममा पूजा शर्मा र प्रदिप खड्का मुख्य भूमिकामा छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेन यसका निर्माता हुन् ।
हेर्नुस् 'प्रेम गीत' को कभर गीत  ------>>

पारसले गरे `च्याम्पिएन` ट्रेलर सार्वजनिक/फागुन १४ गतेबाट अल नेपाल रिलिज हुने


फागुन १४ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘च्याम्पिएन’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ट्रेलर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको हातबाट सार्वजनिक गराइएको हो ।

वीवी फुयाँलको निर्देशनमा बनेको यो फिल्मलाई कृष्ण पोखरेलले प्रस्तुत गरेका हुन् । फिल्ममा दीक्पाल कार्की, मन्जिता केसी मुख्य भूमिकामा छन् ।क्रिकेटरको कथा बोक्ने फिल्म भएकाले पनि आफू कार्यक्रममा उपस्थित भएको पारसले बताए । उनले हरेक खेलकुदलाई समेट्ने बिषयमा फिल्मको निर्माण हुन जरुरी रहेको जानकारी दिए ।    

निर्देशक वीवी फुयाँलले फिल्म ‘च्याम्पिएन’को कथाले हरेक नेपालीलाई जोड्ने बताए । कलाकार दीकपाल कार्कीले फिल्मको कथामा काम गर्न आफ्ना लागि गाह्रो र चुनौती दुबै भएको जानकारी दिए । एक यूवकमा देखिएको क्रिकेटप्रतिको मोह र उसले गर्ने संघर्षलाई फिल्मले पर्दामा उठान गरेको छ ।

हेर्नुस् च्याम्पिएन को ट्रेलर  --------->>


आर्यनको ‘आवेग’लाई सेन्सर बोर्डले दियो ‘पीजी’, एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने

ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’मा । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ‘नाईके र अलबिदा’ले उनलाई झट्का दिइसकेका छन् । उनै आर्यन अब फिल्म ‘आबेग’ मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् ।

चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । निर्देशक बसन्त निरौलाका अनुसार यो फिल्ममा समावेश एक्सनका कारण यसलाई हेर्नका लागि बालबालिकाले बाबु आमा पनि लैजानु पर्नेछ ।

साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यवसायिक बनाइएको बसन्तले बताए । सूर्य कार्कीको  प्रस्तुतीमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् ।
 हेर्नुस् ट्रेलर  -------------------->>

समिक्षक ले नचाखी नहुने भनी समिक्षा गरेको ‘पशुपति प्रसाद’ ले दुई दिनमा कती कमायो ? - बक्स अफिस

समिक्षकको राम्रो तारिफ पाएको चलचित्र ‘पशुपति प्रसाद’ले शुक्रबार र शनिबार देशभरका हलमा औषत व्यापार गरेको छ । चलचित्रले २ दिनमा देशभरका करिब ६० पर्दाबाट ४२ लाखको ग्रस कलेक्शन गरेको वितरक पपर्कन पिक्चर्सले जानकारी दिएको छ । पपकर्नका एक सदस्य माधव वाग्लेका अनुसार चलचित्रले काठमाण्डौमा २ दिनमा २५ लाख र काठमाण्डौ बाहिरबाट १७ लाखको कमाई गरेको छ । यो व्यापार आशा गरेको भन्दा धेरै कम हो ।

काठमाण्डौका मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा शनिबार बेलुकीबाट व्यापार केही माथि देखिएको माधवको भनाई छ । उनले काठमाण्डौ बाहिर पनि शनिबार सबै ठाउँमा उही खालको व्यापार भएको बताए । उनले भने-‘कुनै शहरमा राम्रो र कुनैमा नराम्रो भन्ने छैन । हरेक स्थानमा उस्तै व्यापार छ ।’

आइतबारबाट चलचित्रको व्यापार माउथ पब्लिसिटीका कारण केही बढ्ने अपेक्षा वितरण कम्पनीको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीको मुख्य भूमिका छ ।


हेर्नुस्  ट्रेलर --------------->>        
                                        


फेसबुक नचलाऊने सौगात को प्रेम फेसबुक बाट छर्लङ्ग

फिल्म क्षेत्रमा जमिरहेका अभिनेता सौगात मल्लको गोप्य सम्बन्ध एक मोडलले सार्वजनिक गरिदिएकी छिन् । मोडलिङमा खास नजमेकी सोनु केसीले सौगातसँग आफू र आफ्ना साथीहरू भएका तस्बिर फेसबुकमार्फत सार्वजनिक गरिरहेकी छिन्।


कतै सौगातसँग सेल्फी लिइएका तस्बिर छन् भने कतै उनीहरूकै रुममा सौगात पनि रहेको तस्बिर छन्। बेडरुममा रहेको उनीहरूको तस्बिरमा समेत फोटोग्राफर सौगात मल्ल भनेर उल्लेख गरिएको छ । सार्वजनिक गर्नेको कतिसम्म नियतमा खोट देखिन्छ भने आफ्नै रुममा सौगातसँग रहेको तस्बिर केही पत्रकारलाई समेत ट्याग गरिएका छन्। सोनीले आफैँ पनि आफ्नो फेसबुकमा सौगातसँग खिचेको सेल्फीलाई प्रोफाइल पिक्चर बनाएर राखेकी छिन्।

जसमा उनको एकदमै मिल्ने साथी मोडल सुजना ढकालले 'ल बधाइ छ है' भनेर प्रतिक्रिया जनाएकी छिन् । दुई हप्ताअघि प्रदर्शन भएको फिल्म 'फन्को'मा सौगात प्रमुख भूमिकामा छन् । यो फिल्म रिलिज हुनुअघिदेखि नै यसको प्रमोसनमा सोनी पनि सक्रिय देखिएकी थिइन् । एक महिनाअघिदेखि नै 'फन्को'को पोस्टर सोनीको फेसबुकमा कहिले कभर फोटो त कहिले प्रोफाइल पिक्चरका रूपमा देखिएको थियो । सोनीले यतिबेला आफ्नो साथी–सर्कलमा सौगातलाई आफ्नो 'ब्वाइफ्रेन्ड' भन्दै चिनाइरहेको पनि बुझिएको छ।

स्रोतका अनुसार राजधानीस्थित पेप्सीकोलामा रहेको सोनीको रुममा सौगातको आउजाउ निकै बढिरहेको छ । सौगातको नाम फिल्मवृत्तमा पहिलोपल्ट सोनीसँग जोडिए पनि सोनीको भने दुईजना फिल्मकर्मीसँग यसअघि नै सम्बन्ध रहेको चर्चा थियो । सोनीले सौगातसँग आफ्नो हिमचिम रहेको आशय दर्शाउने तस्बिर सार्वजनिक गरेपछि फिल्म वृत्तमा ठट्टा भइरहेको छ, 'सोनीले कसरी फसाइन् सौगातलाई ?'

नेपाली रजतपटमा अर्खी नम्रताको आगमन

अभिनेत्री नम्रता श्रेष्ठको नाम गरेकी अर्की अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी छिन्। निर्देशक सुरज भुसालले निर्देशन गर्न लागेको तेस्रो फिल्म 'गाँठो'मा आवद्ध भएकी यी नम्रता श्रेष्ठलाई कलाकारहरु नाजिर हुसेन र अभय बरालले फिल्ममा साथ दिएका छन्।

पारिवारिक र लभ स्टोरीमा आधारित 'गाँठो'को सुटिङ भने आगामी फागुन २५ बाट पोखरा, गुल्मी र स्याङ्जा लगायत स्थानमा हुने जानकारी निर्देशक भुसालले दिए। 'पारिवारिक पृष्ठभूमिमा आधारित लभ स्टोरी फिल्मको कार्यशाला चलिरहेको छ । कलाकारहरुको कार्यशाला र अन्य तयारी सुरु भइसकेको छ,'उनले भने।

यसअघि माघको अन्तिम साताबाट रिलिज हुने भनिएको उनको दोस्रो फिल्म 'र्याग्स गाइज' अर्को वर्ष रिलिज हुने भएको छ । निर्देशक भुसालको कम्पनी बट–वाल इन्टरटेनमेन्टले 'गाँठो' फिल्म निर्माण गर्दैछ । फिल्मको सुटिङ एक महिना चल्नेछ । फिल्ममा अनुपम शर्माले संगीत दिएका छन् । पारिवारिक र लभ स्टोरीमा आधारित फिल्म भएकाले काम गर्न उत्साहित भएको हुँ । फेरि निर्देशक भुसालसँग यसअघि समेत काम गरिसकेको हुँदा काम गर्न सजिलो हुनेछ,'कलाकार नाजिर हुसेनले भने ।

  स्रोतNagariknews

कलाकार हरु नयाँ शक्तीको पोस्टर बन्न सक्ने पीर

डा. बाबुराम भट्टराई संयोजक रहेका 'नयाँ शक्ति' को घोषणामा उनीबाहेक अरू को को छन्? कतिका नाम मान्छेको दिमागमा आउँछन्? अरूको आए पनि/नआए पनि करिश्मा मानन्धर र सरोज खनालको नाम होइन, तस्बिरै दिमागमा नाच्छ होला।

किनभने, उनीहरू गिनेचुनेका फिल्मकर्मी हुन्। यसको मतलब हो, नयाँ पार्टीको प्रचारमा उनीहरू राम्रै काम आए। यी दुई वरिष्ठ फिल्मकर्मीसँगै अशोक शर्माको राजनीति प्रवेशले तरंग पनि सिर्जना गरेको छ। सबैभन्दा ठूलो तरंग फिल्म क्षेत्रमै छ। तर, फिल्म क्षेत्रमा खुशी कम संकोच बढी छ। धेरैको पीर छ– फिल्ममा जस्तै यी कलाकार पोस्टरमा मात्रै हुन् कि? किनभने, फिल्म क्षेत्रमा चलनै छ, गिनेचुनेका कलाकार फिल्ममा अतिथि भूमिकामा किन नहुन्, पोस्टरमा अनुहार राखिन्छ नै। जसले गर्दा दर्शक हलसम्म पुगून्। त्यसैले संकोच छ, यहाँ पनि यी कलाकारको भूमिका 'कार्यकर्ता' पार्टीसम्म मात्रै पुर्याचउने त होइन?

यी संकोचका पछाडि केही ताजा घटना छन्। अघिल्लो चुनावमा अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसीको तस्बिर राजनीतिक दलले प्रचारको 'पोस्टर'मा मात्रै टाँसे। पछि चुनावमा दुइटैको भूमिका फिल्ममा जस्तै अतिथिमात्रै देखियो! रेखाले प्रत्यक्ष निर्वाचनमै टिकट पाउने बताइयो। उनले प्रचार पनि गरिन्। पछि 'प्राविधिक पर्योन' भनियो। रेखा अलपत्र परिन् र केही महिनामै उनले टिकट नदिने पार्टी एमाओवादी परित्यागै गरेको घोषणा गरिन्। यसैले बुझाउँथ्यो, कारण प्राविधिक थिएन। फिल्म क्षेत्रले नै बाठी भनेर स्विकारेको रेखालाई यिनै नयाँ शक्तिका अध्यक्ष रहेका डा. भट्टराई भएकै पार्टीले 'नचाएको' थियो। उता समानुपातिकमा रहेका अभिनेता केसी एमालेको चुनावमा भोट माग्न पूर्वपश्चिम गरे। तर, सांसद् हुने उनको चाहना चाहनैमा सीमित भइदियो।

संकोचहरू प्रकट भइररहेका छन्, यसपल्ट परेको बेला उपयोग गर्ने राजनीतिज्ञको रणनीतिमा करिश्मा र सरोज खनाल फसेका त होइनन्? कतै नयाँ राजनीतिक पार्टीको 'प्रचार सामग्री' मात्रै बन्ने त होइनन् उनीहरू?

 स्रोतNagariknews